यस कविता सम्पूर्ण रुपले सञ्चारको सीप अनि मित्रताको वरिपरि लेखिएको छ । उठेको रिस अनि साथीसँग अभिव्यक्त गरेपछिको रिस मरेका कुराहरु यस कवितामा लेखिएको छ । सि मनमा पाल्नुनै विषको बृक्ष जस्तो हो भन्ने उदहारण यस कवितामा लेखिएको छ । स्याउलाई मित्रता अनि मायो दृष्टान्तका रुपमा ल्याइएको छ ।
विलियम ब्लेक्स (सन १७५७ देखि १८२७)
रिस अनि अभिव्यक्ति विचको यस कविता मौलिक ज्ञान र सहष्णिुताका लागि दुई शताब्दी देखि उदहारणका क्रममा प्रयोग भइरहेको छ । बिश्वका यस्ता महान कृतीलाई सरल नेपालीमा यहाँ प्रस्तुत गर्न चाह्यौं, हाम्रो पात्रोमा ।
एउटा विषको बृक्ष
मलाई मेरो साथीसंग रिस उठेको थियो
मैले आफ्नो रिस उसलाई भनें, मेरो रिस घटेर गयो
म मेरो शत्रुसँग रिसाएको थिए, उसलाई कहिले रिस भनिन
मेरो रिस बढ्दै गयो
मैले रिसलाई त्रासले भिजाए
बिहान बेलुका आफ्ना आँशुले पनि
अनि फेरि मुस्कानको घाममा रिसलाई सुकाए
र केही मधुर अनि मन्त्रमुग्ध आवाजहरु साथ
संग संगै मेरो विष घटेर दिनानुदिन माया बढ्दै गयो
एउटा चम्कीलो स्याउ पाक्ने बेलासम्म
मेरा शत्रुले त्यो स्याउलाई हेरे
र चालपाए कि त्यो मेरो स्याउ थियो
अनि मेरो बगैंचा भित्र
रातको पछ्यौरीले तारबारहरु छोपिएपछि
बिहानपख म देखेर खुशी भए
मेरा शत्रु रुखको फेदमा बिस्तृत मीत्रताका साथ बसेका थिए
रिस नपालौं, माया बाढौं
Liked by: