यहि मिति २०७८ फागुन १४ (२०२२ फेव्रुअरी २६) गते त्रिपुरेश्वर स्थित बोगेन भिल्ला इभेन्टस्मा विहान १० बजेदेखि बेलका ६ बजेसम्म TEDxJamal हुनेभएको छ। “खोज तथा उत्खनन” विषयको सेरोफेरोमा आयोजना हुन गइरहेको यो कार्यक्रर्य म अमेरिका स्थित Ted बाट लाइसेन्स प्राप्त कार्यक्रर्य म हो । ९ विषयगत क्षेत्रका वक्ताहरुलेयस कार्यक्रर्य ममा आफ्ना विचार तथा अनभवरुलाई शक्तिशाली वाक्शलीमा प्रस्ततु गर्नुहर्नुुनेछ ।
TEDxJamal को यस संस्करणमा विभिन्न क्षेत्रका वक्ताहरुले आफ्ना विचारहरुलाई शक्तिशाली कुराकानीका रुपमा प्रस्ततु गर्नुहर्नुुनेछ । TEDxJamal ले कृषि, चलचित्र क्षेत्र, मानसिक स्वास्थ्य, उद्दमशीलता र नविनता, वातावरण, जीवन विद्या, जस्ता विषयगत क्षेत्रहरुमा ठूलो योगदान दिएर नाम कमाएका ९ जना वक्तालाई समेटेको छ ।
TEDxJamal का वक्ताहरु
१. अमनु थापा ( सि.इ.ओ, सस्तोडिल)
सस्तोडिलका सरुुवातकर्तार सि।इ।ओ। श्री अमनु थापा नेपालको ई-कमर्स क्षेत्रका प्रमखु व्यक्तिमध्येएक हुन। नेपालमा इकमर्सलाई र्स रुपान्तरण गर्न गरेको प्रयासका लागि संयुक्त राष्ट्रसंघलेउन्लाई विश्वमा फरक पार्ने व्यक्तिु भनेर सम्मान गरेको छ।
२. बालेन शाह ( रयापर, संगीतकार, स्ट्रक्चरल इन्जिनियर)
श्री बलेन शाह एक लोकप्रिय रयापर , संगीतकार र इन्जिनियर हुन। पछिल्लो समय काठमाडौं महानगरबाट आगामी निर्वाचनमा मेयरमा उम्मेदवारी दिनेघोषणा गरेपछि उनी चर्चामा आएका छन।
३. ड्यान राइट – करपोरेट ट्रेनर
युके मा जन्मेका ड्यान राइट विगत २२ वर्षदेखी नेपालमा एडभेन्चर गाइड र करपोरेट ट्रेनरको रुपमा काम गरिरहेका छन।
४. पवन गोल्यान – अध्यक्ष, गोल्यान समहु
उत्पादन, घरजग्गा विकास, वित्तीय सेवा र नवीकरणीय उर्जाको क्षेत्रमा ४० वर्षको अनुभवका साथ श्री पवन गोल्यान नेपालको आर्थिकर्थि क्षेत्रमा एक प्रमखु व्यक्तित्व हुन। १००० एकडभन्दा बढीको समदायु र गाउँमा अर्गानिक खेती गर्ने लक्षका साथ नेपालमा दिगो विकासका लागि कृषिको क्षेत्रमा उनी काम गरिरहेका छन।
५. प्रियङ्का कार्की (नायिका)
प्रियङ्का कार्की नेपाली फिल्म जगतमा बहुमखी प्रतिभा र अटल स्वभावका कारण परिचित नाम हो। उनी एक गायिका, मोडले र डान्सर पनि हुन।
६. सृष्टि सिहं श्रेष्ठ(वातावरण अभियनता)
पशुअधिकार र वातावरण अभियानता सृष्टि बोल्नेभन्दा गर्ने कुरामा विश्वास राख्छिन। हाल सृष्टि एनिमल नेपाल र पिपुल्स एलायन्स फर नेचरसँग आबद्ध छिन्र नेपालको पशुअधिकार संरक्षण र वातावरणीय क्षेत्रमा काम गर्छिन।
७. सिद्धान्तराज पाण्डे(सीईओ, बिजनेस अक्सिजन प्रा. लि)
श्री सिद्धान्तराज पाण्डे IFC ( विश्व बकैं समहू, जलवायुलगानी कोष, र FCDO को लगानी रहेको जलवायुकेन्द्रित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोषका संस्थापक र सीईओ हुन। श्री पाण्डे कृषि मन्त्रालय मातहत रहेको नेपाल एग्रीकल्चर इन्क्यबुशन सेन्टर (NABIC) को सञ्चालक समितिका अध्यक्ष समेत हुन्।
८. सुशील कडेंल ( मनोवैज्ञानिक)
मनोवैज्ञानिक डा. सुशील कडेंल मानव मस्तिष्कको धारणा दृष्यमा विशषेज्ञ हुन। उनी हाल नेपाल राष्ट्रिय कार्यक्रम केन्द्रको निर्देशकका रुपमा नेपालका स्कूले बालबालिकाको मानसिक स्वास्थ्य स्थितिमा केन्द्रित रहेर काम गरिरहेका छन।
९. राम लक्ष्मण रिमाल(राम लक्ष्मण इन्नोभेसन्स)
जुम्ल्याह दाजभाई राम लक्ष्मण रिमाल समुदायमा आधारित आविष्कारका मार्फत समदायलाई जोड्ने लक्ष्य राख्छन। हाल रिमाल दाजभाई असाक्षर र दृष्टिविहीनहरुका लागि पनि सजिलो पहुँच भएको टच स्क्रिन सहितको इलेक्ट्रोनिक भोटिङ मेसिन बनाउन काम गरिरहेका छन।
Event Details:
के हो हाम्रो बिषय “खोज तथा उत्खनन” (Explore and Extract) भनेको ?
TEDxJamal को यस संस्करणले पहिलेको भन्दा भिन्न एवं अझ राम्रो हुनेलक्ष्य लिएको छ । यस संस्करणको TEDxJamal को विषयवस्तु“खोज तथा उत्खनन” रहेको छ । जीवन एक खोज हो । जिन्दगीका हरेक पल हामी निरन्तर खोजमैहुन्छौँ । तर यस्ता दैनिक खोजहरुबाट सिमित व्यक्तिहरुले मात्रैजीवनोपयागी कुराहरु उत्खनन्गर्न सक्छन्। सर आइजेक न्यटनु कै कुरा गरौँ न, न्यटनु भन्दा अगाडि पनि मानिसहरुले गुरुत्वाकर्षणको अनभवु गरेकै हुन् उनले त्यो अनभवबाट उत्खनन्गर्न सके
। यदी उनले अनुभवबाट उत्खनन्गर्न नसकेको भए सायद आज वैज्ञानिक जगतकै महत्वपूर्ण खोज सतहमा आउन सक्नेथिएन । मानिसहरुलेलगभग सबैकिसिमका विचार तथा कल्पनाहरुलाई खोज तथा उत्खनन्को माध्यमबाट वास्तविकतामा परिणत गरेका छन्। हवाईजहाजको आविस्कार चरा आकासमा उडेको देखेर आएको हो भनेपानीजहाजको आविस्कारको पछाडी माछाहरु पानीमा पौडेको दखेर त्यही विचारको उत्खनन्ले विस्ततृ रुपमा आएको हो । खोज र उत्खनन्सँगसँगै हुनपर्दछ । कुनैकुराको खोज गरेपछि त्यसको उत्खनन्आवश्यक हुन्छ किनकि उत्खनन्लेनैआविस्कार गराउँछ । तसर्थ,र्थ समुदायमा के लकुेर बसेको छ, त्यसको खोज गर्ने र त्यसबाट उत्खनन्गरेका मानिसहरुको कथा सुन्नुनै TEDxJamal २०२२ को मुख्य विषयवस्तु हो । तसर्थ यस सँस्करणको TEDxJamal मा हाम्रो समुदायलाई सकारात्मक प्रभाव पार्ने काम गरिरहेका ८ जना व्यक्तितत्वहरुलेआआफ्ना बिचार तथा धारणाहरु प्रस्ततु गर्नुहर्नुुनेछ ।
हाम्रो मिसन
हामी जहाँगए पनि विभिन्न विचारहरुलेघेरिइरहेका हुन्छौँ भन्नेहाम्रो विश्वास छ । तर हामी त्यसको उत्खनन्गर्नबाट र्न चकिु रहन्छौँ । TEDxJamal ले नविन तथा दूरदर्शी विचारहरुलाई युवा सोचसँग जोड्ने लक्ष्य लिएको छ जसलेयुवाहरुको यात्रालाई परिवर्तनर्त तथा दिगोपना तर्फ लग्दछ । हाम्रो देश जीवन परिवर्तनर्त गर्न सक्नेकथा, असाधारण विचार, उल्लेखनीय व्यक्तिहरुले भरिपूर्ण र यस कार्यक्रमले यस्तै कुराहरुलाई अगाडी ल्याउँदै विचारलाई कार्यमा बदल्ने नियत राखेको छ । TEDxJamal समुदायमा केही देन गर्ने इच्छा बोकेका तर सरुुवात कसरी गर्ने भनी अलमलिइरहेका व्यक्तिहरुलाई एक साथ लिएर आउन प्रतिबद्ध छ । तसर्थ यो एक यस्तो माध्यम हो जसलेसमदायु मैरुमल्लिरहेका विचारहरुलाई एकत्रित गर्दै सो को प्रसार गर्छ । कार्यक्रमका सहभागीहरु आफूलाई वक्ताको कथामा डुबाउँदैआफ्नो अधिकतम क्षमताको खोज गर्नेछन्। कहिलेकाहीँखोज र उत्खनन् उस्तै लाग्दछन्। मानिसहरु आफ्नैनिर्णयर्ण प्रति शंका गर्न थाल्दछन्। TEDxJamal का वक्ताहरुलेमानिसहरुलाई खोज र उत्खनन्का बारेमा अझ स्पष्ट पार्दै दिशा निर्देशन गर्नेछ भने यस कार्यक्रमले उत्कृष्ट दिमागहरुलाई प्रेरति हुँदै अरुलाई पनि प्रेरित गर्न मंच प्रदान गर्नेछ। हामी सहभागीहरुलाई आफ्नो आकांक्षाहरुको बारे उत्साहजनक संवाद अगाडी बढाउने कार्यक्रम संचालन गर्न प्रतिबद्ध छौँ ।
Ted भनेको के हो ?
Ted विचारहरुलाई छोटो (१८ मिनेट वा कम) र शक्तिशाली वार्ताका रुपमा फैलाउन प्रतिबद्ध एक विश्वव्यापी समदायु हो । यसको सुरुवात सन् १९८४ मा तिन विषय प्रविधि(Technology), मनोरञ्जन (Entertainment) र डिजाइन (Design) को सम्मेलनको रुपमा सरुु भएको थियो । आजको दिनसम्म आइपुग्दा यसले १०० भन्दा बढी भाषाहरुमा लगभग सबै विषयहरु – विज्ञान, व्यवसाय देखी लिएर विश्वव्यापी मुद्दाहरुसम्म समेटेको छ ।यो एक गैर नाफामलकु सँस्था हो भनेयसको मुख्य कार्यालय न्ययर्कमा अवस्थित छ । यो सँस्था वैज्ञानिक, दार्शनिक, संगितिज्ञ, व्यवसायी, धर्मगुरु, परोपकारी व्यक्तित्व लगायत अन्य धेरैव्यक्तिहरुलेआफ्ना विचार तथा दर्शनहर्श रुलाई शक्तिशाली वार्ताका रुपमा सयौँ सहभागीहरु माझ बाँड्नेसाझा थलो हो । यसलेसबैसंस्कृती तथा क्षेत्रका व्यक्तिहरुलाई स्वागत गर्दछ जसलेविश्वको गहन अध्ययन गर्न खोज्दछ । यो समुदायले विचारले नै मनोवत्तृ ी, जीवन र अन्ततः विश्व नैपरिवर्तनर्त गर्न सक्छ भन्ने विश्वास राख्दछ । थप जानकारिका लागि www.ted.com भिजिट गर्न सक्नुहुनेछ ।
Tedx भनेको के हो ?
अमेरिका स्थित Ted आफै विश्वको सबैकुना कुनामा गएर कार्यक्रर्य म गर्न नसक्ने भयपछि यसले Tedx को अवधारणा ल्याएको हो । यसलेकेगर्छ भनेजनु ठाऊँमा कार्यक्रर्य म गर्ने हो त्यहि ठाऊँको मानिस हरुलाई लाईसेन्स बितरण गर्ने गर्छ जुन सकुशल हुन्छ । विचारहरु फैलाउने सिद्धान्तमा आधारित भएको Tedx स्थानिय रुपमा स्वआयोजित कार्यक्रम हो जसले मानिसहरुलाई Ted जस्तो अनभवु महससु गराउँछ । Tedx कार्यक्रममा Ted को भिडियो र प्रत्यक्ष वक्ताहरुको संगमलेसानो समुहमा पनि गहिरो वार्तालाप तथा सम्बन्धको सरुुवात हुन्छ । यस्ता स्थानिय रुपमा स्वआयोजित कार्यक्रर्य मलाई Tedx भनिने गरिन्छ, जसमा x भन्नाले स्वतन्त्ररुपमा आयोजना भएको Ted को कार्यक्रमलाई जनाउँछ । Tedx सम्मेलनले Ted कार्यक्रमको जस्तै मार्गचित्रण गरेतापनि हरेक Tedx कार्यक्रमहरु स्वआयोजित हुन्छन् । Tedxjamal पनि त्यस्तैगरी आयोजना हुने एक स्वतन्त्र कार्यक्रम हो । हाल सम्म यस्ता कार्यक्रमहरु ३५००० भन्दा बढि विश्वको १७५ भन्दा बढि देशमा आयोजना भइसकेका छन्। नेपालमा पनि बर्षेनि २-३ वटा यस्ता कार्यक्रमहरु आयोजना भई राखेका हुन्छन् ।
यस कार्यक्रममा सहभागि हुनको लागि अथवा थप जानकारिका लागि हाम्रो वेबसाईट (www.tedxjamal.com) अथवा हाम्रो Facebook पेज (www.facebook.com/tedxjamalofficial/) भिजिट गर्न सक्नुहुनेछ।
Liked by: