२०७६ माघ २९ गते देखि शुरु भएको ‘Code For Change’ द्वारा संचालित “सामाजिक संजाल सचेतना अभियान” यही फाल्गुण ९ गते सफलता पूर्ण ढंगले सकिएको छ..
सामाजिक परिवर्तनमा सक्रिय रहेको एक सामाजिक संस्था Youth In Social Change को एउटा Project को रूपमा रहेको ‘Code For Change’ ले समाजमा सामाजिक संजाल को कारण ले घटिरहेका घटना हरुको अध्ययन पश्चात् सचेतना अभियान चलाउने निर्णय लिएको थियो तर संस्था सँग पर्याप्त बजेट नभएकोले संस्थाले सहयोगका लागि विभिन्न ठाउँमा अपिल गरेको थियो सो क्रममा अभियान गर्न Grace International ले आर्थिक सहयोग गरेर थप हौसला प्रदान गरेको थियो र सो अभियान माघ २९ देखि फाल्गुन ९ सम्म संचालन भएको हो।
उक्त अभियान काठमाण्डौ, पोखरा, चितवन, बुटवल र दाङ गरि ५ वटा शहरहरुमा ४० वटा +२ कलेजहरूमा संचालन भएको थियो भने उक्त कार्यक्रम बाट १२००० भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रूपमा प्रभावित भएका छन् र प्रभावित बिधार्थीहरुले अभियानको लागि विशेष धन्यवाद समेत व्यक्त गरेका छन्। सामाजिक संजाल को कारण ले विभिन्न किसिमका घटनाहरू घट्न थाले पछी उक्त अभियान चलाउने निर्णयमा पुगेको उक्त संस्थाले विभिन्न किसिमका समस्याहरू वाबजुद आफ्नो अभियान सफल बनाएको छ।
अभियानमा आफ्ना Member हरुलाई समेत सिक्ने मौका दिँदै Trainer र Volunteer गरि ८० जना लाई प्रत्यक्ष रूपमा उक्त संस्था ले समावेश गरेको थियो, अभियान को क्रममा विभिन्न किसिमका समस्याहरू आइपर्दा त्यसको समाधान गर्न सक्ने क्षमता समेत आफ्ना मेम्बर हरुमा बिकशित भएको अभियान मा सहभागी मेम्बर स्वयं तथा Project Leader निराजन क्षेत्री ले बताउनुभयो।
अभियानको क्रममा अभियन्ताहरूले विभिन्न प्रश्नहरू सहित को एउटा सर्वेक्षण समेत गरेका थिए भने सर्वेक्षणमा भाग लिएका विधार्थीहरु मध्ये एक दिनमा तपाइँ कति समय सामाजिक संजाल प्रयोग गर्नुहुन्छ तरु भन्ने प्रश्नमा ३१.५ प्रतिशतले १ देखि २ घण्टा प्रयोग गर्ने पाइएको छ भने १ घण्टा भन्दा थोरै प्रयोग गर्ने २९.१ प्रतिशत त्यसै गरि ३४.८% २ घण्टा भन्दा बढि र ४.६% ले सामाजिक संजाल नै प्रयोग नगर्ने पाइएको छ।
त्यस्तै, तपाइँ सामाजिक संजाल प्रयोग गर्दा कत्तिको सुरक्षित महशुस गर्नुहुन्छ तरु भन्ने प्रश्न गर्दा थाहा छैनमा ४४.३%, असुरक्षितमा १७.८%, धेरै असुरक्षितमा ५.४%, सुरक्षितमा २५% र धेरै सुरक्षित भन्नेमा ७.५% विधार्थीहरु पाईएको छ ।
समाजमा सामाजिक संजालको भूमिका बढ्दो रहेको सत्य ठहर्याएर सहि उपयोग गर्न सिकाउन अभियान चलाएको हुँदा आफ्नो अभियान कत्तिको सफल रहयो त भनेर एउटा सर्वेक्षणको प्रश्न मध्ये आफूले दिएको उक्त सभा कत्तिको उपयोगी भयो तरु भन्ने प्रश्न समेत राखिएको थियो भने उक्त प्रश्नमा धेरै उपयोगी भन्ने ३५.५% पाइएको छ त्यसै गरि उपयोगी भन्ने २६.६% पाइएको छ ।
युवा तथा विद्यार्थीहरू बाट सामाजिक संजालको दुरुपयोग भई विभिन्न किसिमका नकारात्मक घटनाहरू घटिरहेको रहेको वर्तमान परिपक्षमा Code For Change ले भने युवा तथा विद्यार्थीहरूलाई यस्तो सकारात्मक अभियान मा समावेश गराएर समाज परिवर्तनमा एउटा असल उदाहरण बन्नुका साथै अनुकरणीय काम गरेको शिक्षक, प्रहरी तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरू बताउँछन्।
उक्त अभियान को अपार सफलता पछि फाल्गुन १७ गते शनिवारका दिन आफ्ना मेम्बर हरुलाई बोलाएर सक्रियताको लागि धन्यवाद दिँदै थप यस्ता काममा सक्रिय हुन समेत निराजन क्षेत्री ले थप हौसला दिनुभयो र आउने वर्शहरुमा यस्तै कार्यक्र्म अझै धेरै शहर ,कलेज र विधार्थीहरुसामु पुगेर गर्ने बताउनुभयो। अभियानमा विभिन्न किसिमका सहयोग गर्ने सहयोगी हातहरूलाई धन्यवाद र अभियान सम्भव बनाउने Grace International लगायत सम्पूर्ण सह्योगी संस्थाहरु लाई विशेष धन्यवाद दिँदै केक काटेर संस्थाले खुसीयाली मनाएको थियो।
Liked by: