गुगल अब सर्च इन्जिनमा मात्र सिमित नरहेर आफ्नो दायरा बढाउँदै आर्टिफिसियल इन्टेलिजेन्समा विशेषता हासिल गर्ने लक्ष्य लिएर अघि बढ्ने भएको छ ।
ए.आइ वा आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा दिनप्रतिदिन चुलिरहेको छ । कति आर्टिफिसियल इन्टेलिजेन्सलाई चाहिँ अति मान्ने त ? यसको उत्तर हामीमध्ये सायद कोहीसँग पनि छैन । कृत्रिम चेतना वा ए.आइमा क्रान्ति ल्याउन लागिपरेका गुगलका इन्जिनियरहरु त झनै यो प्रश्नबारे सोच्न पनि सक्दैनन् होला । गुगलले केही हप्ताअघि मात्र सम्पन्न क्ष्रइ सम्मेलनमा डुप्लेक्स सार्वजनिक ग¥यो । गुगल एसिसटेन्टको सहयोगी यो नयाँ ए.आइले उसको मालिकको सट्टामा मानिसहरुसँग मानिसजस्तै गरी कुरा गर्न सक्छ ।
मानिसजस्तै कुरा गर्न सक्छ भनेर प्रमाणित गर्न गुगलले डुप्लेक्स र सैलुनकाबीच भएको कुराकानी पनि सुनायो । नभन्दै डुप्लेक्सले हामी जस्तै कुरा गर्न सक्ने रहेछ । यति मात्र कहाँ हो र, हामीले नै जस्तो गरी बीचमा बीचमा अँअँ र म्म्म्... पनि गर्दो रहेछ । डुप्लेक्सको यो हकर्त देखेर विश्वका विभिन्न क्षेत्रबाट उपस्थित इञ्जिनियरहरु रमाउँदै ताली पिट्न थाले । यता इञ्जिनियरहरुको ताली गर्जिरहँदा डुप्लेक्सको यो हदको चेतनाबाट केही मानिसहरु चिन्तित हुन थालेका छन् ।
गुगलको मुख्य उद्देश्य डुप्लेक्सलाई चेतना थप्ने नभएर मानिससँगै गरेको जस्तो कुराकानी बनाउनु होला । तर यो सँगै यसले कुराकानीको मोहडा नै परिवर्तन गरिदिने भयो । मानिसले मानिससँग कुरा गर्नुपर्ने होइन र ? कुराकानी भनेको शब्दको आदानप्रदान मात्र त होइन नि । यसमा भाव र संवेदनाको पनि कुरा आउँछ । यसअघिसम्म यस्ता मेसिनहरुसँग कुरा गर्दा हामीजस्तै दुरुस्तै कुरा गर्न सक्दैन भन्ने हेक्का हुन्थ्यो तर गुगलको डेमोमा डुप्लेक्सले राम्रोसँग मात्र होइन, केही हदमा मानिसभन्दा राम्रोसँग कुरा गरेर देखाइदियो ।
गुगलको पछिललो आविष्कार डुप्लेक्सविरुद्ध चौतर्फी असन्तुष्टि आउन थालेपछि मात्र गुगलले सोही हप्ता यसले कुराकानी सुरु गर्नुअघि आफ्नो परिचय खुलाउने स्पष्टीकरण दियो । यसले दिने परिचय कस्तो हुने भनेर अभैm खुलेको छैन । सिलिकन भ्यालीका इन्जिनियरको यस पछिल्लो आविष्कारलाई धेरैले दुस्साहसको रुपमा हेरेका छन् । आविष्कार गर्न सक्ने क्षमता राख्ने भएरै यस्ता आर्टिफिसियल इन्टेलिजेन्सको आविष्कार गरिनु कतिको जायज हो, सायद यो सोच्ने समय आइसकेको छ । यसै पनि सिलिकन भ्यालीका इन्जिनियरहरु सामाजिक नैतिकतालाई ध्यानमा राख्दैनन् भनेर बेलाबेलामा आलोचित हुने गरेका छन् ।
गुगल अब सर्च इन्जिनमा मात्र सिमित नरहेर आफ्नो दायरा बढाउँदै आर्टिफिसियल इन्टेलिजेन्समा विशेषता हासिल गर्ने लक्ष्य लिएर अघि बढ्ने भएको छ । आविष्कारको प्रयोग के भनेर ध्यान नराख्ने, यसको प्रयोगले समाजमा र मानिसमा के प्रभाव पार्दछ, मानिस मानिसको बीचको सम्बन्धमा केही असन्तुलन ल्याउँला कि भनेर विचारै नगरी गरिएको आविष्कारले केही माने राख्ला र ?
गुगल, फेसबुकका साथै सिलिकन भ्यालीका अन्य कम्पनीहरुले प्रविधिका बेफाइदा पनि छन् भनेर स्वीकार आपैंmले पनि गर्ने गर्दछन् । तर उनीहरु यसको समाधानतर्पm नगएर समस्या थपतर्पm मोडिदैछन् । गुगलको पछिल्लो सम्मेलनले त झन् उनीहरु प्रविधिले ल्याउन सक्ने संकटबारे संवेदनशील छँदै छैन भनेर प्रमाणित गरिदियो । फेसबुकको डेटिङ सेवा, गुगलको डुप्लेक्स र उनीहरुकै फाटो रिकगनिसन वा अनुहार पहिचान गर्न सक्नेजस्ता उनीहरुको आविष्कारले त उनीहरु आविष्कारकै लागि मरिमेटिएका छन् भन्ने देखाउँछ ।
प्रविधिको बढ्दो दुरुपयोगले समाजलाई विभाजनतिर लगेको केही सिद्धान्तहरु श्रीलंका, म्यानमार र फिलिपिन्सहरुमा प्रमाणित भइसकेको छ । फेसबुकको प्राइभेसी काण्डबाट हामी भर्खरै मात्रै सेलाउँदै छौँ । झुटा समाचार र अफवाह पैmलाउने खबरहरु हरेक दिन सामाजिक सञ्जालहरुमा हजारौँ पैmलिने गर्दछन् । यस्तो अवस्थामा हामीले आर्टिफिसियल इन्टेलिजेन्ससँग पनि घुँडा टेक्ने दिन धेरै टाढा छैन ।
सिलिकन भ्यालीको नयाँ आविष्कारका लागि मानिसहरु आतुर रहने गर्थे । मानवजीवनलाई सहज र सुविधासम्पन्न गराउने आविष्कारको पर्खाइ हुने गर्दथ्यो । तर, केही वर्ष यतादेखि यहाँबाट आउने आविष्कारबाट चिन्तित हुनपर्ने अवस्था आउन थालेको छ । आविष्कारकै लागि आविष्कारको त के अर्थ भो र ?
हाम्रो पात्रो
Liked by: