स्थानीय चुनावको पहिलो चरण हिजो सकिएको छ, आउनुहोस केही कुरा गरौँ न कहाँ कस्ले जित्छन भन्ने वारेमा ।
काग्रेस र माओबादीको काठमाडौ र चितवनमा भएको समिकरणलाई आआफ्नै हिसाबमा व्याख्या गरिएको छ र सम्पूर्ण कुराका परिणामहरु अब छिटै हामीलाई थाहा हुनेछ । काठमाडौ वरिपरिका स्थानहरु टोखा, चन्द्रागीरी, नार्गाजुन अनि शंखरापुर जस्ता ठाँउमा मतगणना शुरु भईसकेको छ ।
अहिले धेरैको ध्यान भनेँ देशको शक्तिकेन्द्र रहेको काठमाडौ महानगरपालिका, प्रधानमन्त्री पुत्रि रेणु दाहाल उठेकी चितवनको भरतपुर, कास्कीको पोखरा र ललितपुर तर्फ सबैको ध्यान र अड्कल अडीएको छ ।
काठमाडौ
काठमाडौमा काँग्रेसका राजुराज जोशी र एमालेका विधा सुन्दर शाक्य दुबै उत्तिकै प्रभावशाली पाईएको छ । गएको चुनाव अर्थात संविधान सभा चुनावमा काँग्रेसको पक्कड राम्रो देखिएको क्षेत्रहरु काठमाडौमा भएकाले धेरैले राजु शाक्यलाई लख पनि काटेका छन् तथापि यसै भन्न सक्ने अवस्था छैन् । माओबादीले पनि काँग्रेसलाई नै सघाउने समिकरण भएतापनि यो समिकरणको प्रभाव सकारात्मकनै होला भन्ने अवस्था पनि छैन् ।
भरतपुर
प्रचण्ड पुत्रि रेणुकालागी सहज वातावरण वनाउन चालिएको राजनैतीक बुद्धिचालले माओवादीलाई कत्तिको फाईदा गर्ला त रु हेर्न बाँकी छ । स्थानीय काँग्रेसहरुले पनि यस सहकार्यलाई काँग्रेसको आत्मघाती निर्णयका रुपमा लिएको पाईएको छ । यसै कुरामा एमालेका उम्मेदवार देवी ज्ञवालीले फाईदा लिनसक्ने अड्कल पनि अवश्य काटिईएको छ ।
ललितपुर
यसअघि ललतिपुरमा काँग्रेसको पक्कड देखिएको हो, यसपटक काँग्रेसवाट चिरबाबु मर्हजन मैदानमा छन् । अर्कोतर्फ मेयर भईसकेका प्रेमलाल महर्जनको उम्मेदवारी चिरबाबुकालागी फलामकै चिउरा साबित भएको छ । एमालेका हरिबाबु ब्यञ्जनकार पनि उत्तिकै बलिया छन् ।
पोखरा
काँग्रेस र माओवादीका साझा उम्मेदवार राम जी कुँवर मैदानमा छन् अर्कोतर्फ एमालेका मानवहादुर जि सी पनि कमजोर भने छैनन् । आउनुहोस हाम्रो पात्रोसँग निर्वाचन विशेष सुत्रमा निर्वाचनका मतगणना, घटना अनि परिघटनाका साथ अन्वेषण मुलक समाचारमा सँगै रहौ ।
Liked by: