यस चुनावमा पूर्व उर्जामन्त्रीहरुको केही बोलवाला पक्कै रहेको छ, उता अर्को पूर्व उर्जामन्त्री जर्नादन शर्माले पनि चुनावी माहौलमा बाजी मारेका छन् । रुकुम पश्चिम क्षेत्र नंबर १ बाट जर्नादन शर्माले भारी मतको अन्तरले काँग्रेसका गोपालजी शाहलाई पराजीत पारेका छन् ।
‘चुनाव प्रचारका बेला म साइकल चढेर हिँड्ने लालबाबुलाई चिन्दिँन भनेर डाक्टर शेखरले भन्नुहुन्थ्यो’, लालबाबुले विजयको घोषणालगत्तै पत्रकारसमक्ष भने, ‘अब म कोइराला निवासमा फोन गरेर डाक्टर साबसित समय माग्छु र लड्डू बोकेर साइकल चढेर उहाँलाई भेट्न जान्छु । अनि भन्नेछु– डाक्टर साब, मै हुँ लालबाबु पण्डित।’
लालबाबुको जन्मथलो भने सर्लाही जिल्ला हो तर पञ्चायतकालमा भूमिगत राजनीतीमा होमिदा बिराटनगर आएपछि बिराटनगरलाई नै यिनले आफ्नो बसाईथलो बनाएका हुन् । सरल अनि समान्य जीवनशैली अपनाउने नेताहरुलाई बहुदल पश्चात नेपाली राजनीतीमा कमैमात्र जीतेको पाइन्थ्यो । चर्चा अनि पक्कड राम्रै भएपनि चुनावी नतिजामा यस्ता नामहरु कमै मात्र खरो आउथेँ तर यसपाला अलि फरक छ ।गरेर देखाउन सफल नेतृत्वहरु, केही फरक कोणले जनताका मुद्धा सम्बोधन गर्न सफल व्यक्तित्वहरु चुनावी दौरको अग्रपक्तिंमा छन् । यता काठमाडौ श्रेत्र नंबर १ मा पनि केही सोचेको अनि केही नसोचेको परिणाम भएको छ । राजनैतीक जीवनको प्रथम चुनावमानै रविन्द्र मिश्रले सापेक्षिक सफलता पाएका छन् । नेपाली काँग्रेसका प्रकाशमान सिंह उनका प्रतिद्धन्दी थिए र यो प्रतिस्पर्धालाई यसपालाको चुनावको खरो प्रतिस्पर्धाका रुपमा पनि लिइएको हो । केवल ८०० मतको अन्तरले रविन्द्रलाई प्रकाश मान सिंहले उछिनेका हुन् । एउटा कुरा भने प्रष्ट छ, काठमाडौ क्षेत्र नंबर १ लाई प्रतिनीधी क्षेत्र मान्ने हो भने अब काठमाडौले नयाँ नेतृत्व खोजिरहेको प्रष्ट हुन्छ । पुस्तैनी राजनिती र बिरासतका मतहरु बिच दशकौं देखि काठमाडौमा भएको प्रकाशमान सिंहको पक्कड लाई केवल ८०० मतले मात्रै उछिन्न नसक्नु रविन्द्रको सापेक्षिक बिजय मान्न सकिन्छ । त्यसैगरि पूर्व उर्जामन्त्री अनि व्यक्तिगत रुपमा राम्रो कार्य र स्वाभीमानी छवी बनाएका गोकर्ण बिष्ट पनि गुल्मी क्षेत्र नंबर २ बाट लगभग बिजयको संघारमै आइपुगेका छन् । यस चुनावमा पूर्व उर्जामन्त्रीहरुको केही बोलवाला पक्कै रहेको छ, उता अर्को पूर्व उर्जामन्त्री जर्नादन शर्माले पनि चुनावी माहौलमा बाजी मारेका छन् । रुकुम पश्चिम क्षेत्र नंबर १ बाट जर्नादन शर्माले भारी मतको अन्तरले काँग्रेसका गोपालजी शाहलाई पराजीत पारेका छन् । उर्जामन्त्री हुँदा उज्यालो योजना अर्थात लोडशेडिगं अन्त्यका लागी यिनले खेलेको भूमिकाका लागि जर्नादन शर्मालाई निकै रुचाइएको थियो ।यता कांग्रेसको पनि राम्रो गर्न सकेका र संभावना भएका उम्मेदवारहरुले बाजी मारेका छन्। गगन थापालाई काठमाडौ क्षेत्र नंब्र ४ बाट बिजय प्राप्त भएको हो । स्वास्थ मन्त्री भएका समयमा गगनले पनि सुधारात्मक कार्य गरेका र यूवा नेतृत्वको आधारस्तम्भका रुपमा गगनलाई पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा गरेको राम्रा कार्यको पुरस्कार स्वरुप जनताले बिजय गराएका मान्न सकिन्छ । लगभग ४ हजार मत अन्तरले प्रतिस्पर्धी नेकपा एमलेका राजन भट्टराई लाई यिनले जितेका हुन् । साईकल चढ्नुको मतलव सरल जीवन अनि सकारात्मक कदमका रुपमा अभिब्यक्त गर्न चाह्यौं । कालो सिसाभित्रका गाडीमा बस्ने भन्दा सबैसामु साईकलमै हिड्नसक्ने, सुधारात्मक अनि स्वच्छ छवीका नेतृत्वको आवश्यक्ता छ ।
यस चुनावको रौनकै फरक छ, अनुहार या बिरासतलाई छेउ लगाएर काम र अनुभवको पोल्टो भरिँदैछ ।
हाम्रो पात्रो
Liked by: