आँखाको ख्याल राख्न किन जरुरी छ भन्ने कुरा हामीसबैलाई थाहा छ । आँखा छ र त रंग छ, हरियाली छ अनि सुन्दरताको अमुक भाव छ । यसो भन्दैमा हामीले दृष्टिविहीन साथीहरुको सुन्दरताको अनुभुतीलाई कम आँक्न खोजेको भनें हैन तथापी आँखाको ख्याल राख्न जरुरी त हामीसबैले छ नि, हैन र ? त्यसमाथि बिकासका पूर्वाधार जस्तै बाटाघाटा, पुलपुलेसा बनाँउन अहिले धुलो त जताततै छ । राजधानी काठमाडौं त झन धुलोमाण्डुनै भएको छ, बाटोमा खुल्ला अनुहार हिंडेमा गन्तब्य पुग्दासम्म मान्छेको अनुहार धुलोले चिन्ने नसकिने हुन्छ । यस्ता अवस्थामा आँखाको सुरक्षा झन चुनौति हुनजान्छ ।
आउनुहोस दैनिक जिवनमा लागु गर्नपर्ने १२ उपायहरु यहाँ प्रस्तुत गर्दछौ है ।
१ अनावश्यक आँखा मिच्ने बानी नगर्नुहोला
आँखा मिच्दा हातको प्रयोग गरिन्छ र औंलाहरु सफा नहुन पनि सक्दछन् । धेरै आँखा मिच्ने गरेमा औंलाको माध्यमवाट आँखामा धुलो र संक्रमण हुन सक्छ है । धेरै आँखा मिच्ने बानी छ भने सावधान हुनु पर्दछ है ।
२ बेलाबेलामा हातलाई सफा गरि धुने बानी बसालौं
हात र औंलाको माध्यमवाट चश्मा, कन्ट्याक्ट लेन्स लगायतमा व्याक्टेरिया पस्न सक्ने संभवना हुन्छ । सामान्यतया साइकल, मोटरसाइकल या गाडीमै सवार गर्दा पनि हातमा संक्रमणजन्य किटाणुहरु आउन सक्दछन् । त्यकारणले आँखालाई जोगाउन हातको सरसफाई धेरै जरुरी छ नि ।
३ कमप्यूटरको मनिटर या टिभी अनि काम गर्ने कोठाको उज्यालो बिचार गरौं
हुन त अहिलेसम्म कमप्यूटर या अन्य स्क्रिनले आँखा बिगार्ने कुरा प्रमाणीत त भएको छैन तथापि हामी सुरक्षीत हुन जरुरी छ ।
हामीधेरै जना कमप्यूटरमा काम गर्दछौ, स्मरण रहोस् कमप्यूटरको तह आँखाको तहभन्दा करिब २० डिग्रि तल हुन जरुरी छ ।
अनि कोठामा धेरै प्रकश र चहकिलो भएमा आँखामा अनावश्यक चाप पर्दछ । कोठाको र स्क्रिनको प्रकश तसर्थ धेरै चहकिलो नबनाएकै बेस ।
४ २० २० २० को नियम लागु गरौं
हरेक २० मिनेट कमप्यूटरको स्क्रिनमा हरेपछि लगभग २० फिट परको केही कुरामा हेर्ने बानी बसाएमा आँखाको खुम्चन र फैलन नियन्त्रणमा आँउछ ।
समय समयमा २० पटक परेला झीमझीम गर्नुहोस् र यसो गर्नाले आँखालाई सुख्खापनबाट जोगाँउछ ।
हरेक २० मिनेटमा कुर्सीवाट उठेर २० कदम अगाडी या पछाडी हिंडनुहोस् । यसो गर्नाले आँखामाज्ञ नभई बसाईको अवस्थिती पनि सही हुन जान्छ । ढाडको समस्या पनि कम हुन्छ ।
५ वरपरका वातावरण सफा राख्नुहोला
धुलो जम्ने समस्या हामीकहाँ धेरै छ । अझ कार्यालयमा पुराना फाइल, थोत्रा सामान, मान्छेहरुको धेरै आवागमन, खुल्ला झ्याल र सामानहरुको चहलपहलले धेरै फोहोर बनाँउदछ । सुष्म धुलोका कणहरुले आँखालाई असर पुर्याउदछ तसर्थ चाहे कार्यालय होस् या घर सरसफाई जरुरी हुन्छ ।
यसका अलावा धुलोमा हिडदा चश्मा लगाउने, अनावश्यक अरुहरुको चश्मा नलगाउने, आँखामा सौन्दर्यका कुराहरु लगाँउदा गुणस्तरमा ध्यान दिने र पर्याप्त पानी पिउने, आँखालाई सफा पानीले बेलाबेलामा सफ ागर्ने त हामीलाई थाहै छ, हैन र ?
आँखाको ख्याल राखौं
हाम्रो पात्रो स्वास्थ बिशेष
Liked by: