यूवाहरुमा अकास्मात मृत्यूका कारणहरु
हुन त यूवाहरुमा भएका अकस्मात मृत्यूलाई सामान्यतया लागु पदार्थ दुव्यर्सन अनि ओभरडोजको लेप लगाएर समाजले मरेकाहरुलाई पनि आक्षेप लगाउन छाडेको छैन तथापी हरेक यूवाको अकस्मात मृत्यूका कारण सधै लागुऔषध अनि ओभरडोज मात्र त कहाँ हुन्छ र ?बिभिन्न अध्यनले यूवाहरु पनि अकस्मात मृत्यूको जोखिममा उच्च रहेको देखाएको क्यारोल बुलोक नामक चिकित्सकले मेडस्केपमा लेख्दछन् ।
सन् २०१७ मा जे भयो भयो तर अब सन् २०१८ मा मुख्य रुपमा आफ्नो स्वास्थ अनि आहार बिहारको ध्यान राख्नु हामीमध्य धेरैको सोच हुन सक्दछ । नहोस पनि कसरी ? गएका बर्षहरुमा हामीले धेरै असामहीक निधन अनि अल्पायूमै भएका स्वास्थ समस्याका गम्भीर घटनाहरु देखेका छौं ।
मेरो त उमेर नै भएको छैन ? या मलाई के होला र ? जस्ता लापरवाहका बिभिन्न कारणहरु हामीसंग प्रशस्त छ तर स्वास्थ समस्या र मृत्यू अनुहार अनि उमेर हेरेर कहाँ आउछ र ? समयमै सचेत हुन जरुरी छ । हुन त यूवाहरुमा भएका अकस्मात मृत्यूलाई सामान्यतया लागु पदार्थ दुव्यर्सन अनि ओभरडोजको लेप लगाएर समाजले मरेकाहरुलाई पनि आक्षेप लगाउन छाडेको छैन तथापी हरेक यूवाको अकस्मात मृत्यूका कारण सधै लागुऔषध अनि ओभरडोज मात्र त कहाँ हुन्छ र ?बिभिन्न अध्यनले यूवाहरु पनि अकस्मात मृत्यूको जोखिममा उच्च रहेको देखाएको क्यारोल बुलोक नामक चिकित्सकले मेडस्केपमा लेख्दछन् । आज हामी मेडस्केप नामक अन्तराष्ट्रिय स्वस्थ जर्नलको आलेखलाई नेपाली रुपान्तरण गर्दैछौं । अकास्मात मृत्यू धेरै कारणले हुन सक्दछ, आज हामी यस्ता कारणहरुको कुरा गर्देछौं जून कुनै दुर्घटनाले नभई हाम्रो आफ्नै व्यबहार अनि लापरवाहीका कारणले हुने गर्दछन् । यस बर्ष थोरै मात्र व्यबहार परिवर्तन गरेमा मात्र पनि आगामी धेरै बर्षसम्म स्वस्थ अनि क्रियाशील रहिन्छ भने किन नगर्ने ?
अकास्मात मृत्यूका जोखिम बढाउने कारणहरु जानिराखौं
१ धुम्रपान
२ रगतमा कोलेस्टेरोलको मात्रा धेरै
३ बिलासी जिवनशैली, तनाव अनि व्यायामको कमी
४ उच्च रक्तचाप
५ मधुमेह
६ परिवारमा हृदयरोग या मृगौला समस्या, हृदयघात, स्ट्रोक हरुको इतिहास
७ तनावपूर्ण जिवनशैली र आफ्ना लागि कम समय
आदि पर्दछन् ।
ल अब सर्वप्रथम माथि उल्लेखित कुनै पनि कुराहरु हाम्रो जिवनमा लागु हुन्छ भने त्यसप्रति सन् २०१८ मा सजग बसौं है । नेपालमा धुम्रपानको दर अनि क्रम अत्यन्तै कम उमेरबाट नै बढिरहेको बिभिन्न अध्यनहरुले देखाएको छ , कम उमेरमा धुम्रपान शुरु गरेपछि पछि गएर अन्य कुलतमा लाग्न सक्ने संभावना बढि हुन्छ । यसो हुँदा जनसख्याँकोे ठूलो हिस्सा नै नेपालीका हकमा अकस्मात मृत्यूको जोखिममा रहेका छन् । उता बढ्दो शहरीकरण, अराजक खानपान अनि व्यायामको कमीले अधिकांश नेपाली भूँडीहरु पुटुक्क निस्कने अर्थात सेन्ट्रल अबिसीटीको शिकार भएका छन् । यी सबैकुराहरु यस बर्ष मनन गर्दै थोरै स्वास्थमा पनि ध्यान दिने कि ? धुम्रपान गर्नुहुन्छ भने सकेसम्म कम गर्ने अनि सुस्तरि छाड्ने गर्नु पनि जरुरी छ है । मधुमेह आफूलाई या परिवारमा कसैलाई छ भने बेलैदेखि खानपीन अनि आहार बिहारमा ध्यान दिन जरुरी छ ।
अकास्मात मृत्यू कसरी कम गर्न सकिन्छ ?
१ धुम्रपान गर्नुहुन्छ भने कम गर्ने या छाड्ने
२ कम्तिमा हप्ताको ४ दिन नियमित व्यायाम या कुनै शारीरीक खेल खेल्ने
३ आफ्नो रगतमा कोलेस्टेरोल र सुगरको जाँच नियमित रुपमा गराउने , कम्तिमा बर्षको एक पटक गराउने
४ कम्तिमा ४ देखि ६ महिनामा एकफेर रक्तचाप अर्थात व्लडप्रशेर जाँच गर्ने
५ रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने
६ बर्षमा एकफेर फिजीसियनलाई भेटेर आवश्यक जाँचहरु गर्ने
सन् २०११ मा भारतको मुम्बईको एलटीएम जनरल अस्पतालमा १८ देखि ३५ बर्ष उमेर समुहका मान्छेहरुको अकास्मात मृत्यू बिषयमा एउटा बृहत क्लीनीकोप्याथोलोजिकल अध्यन गरियो । यस अध्ययनका अनुसार १८ देखि ३५ बर्ष उमेरसमुहका वयस्कहरुमा हुने अकास्मात मृत्यूका कारणहरु यसरी प्रार्थमिक्ता अनुसार राखिएको पाइयो ।
१ हृदय सम्बन्धी समस्या
२ हृदय बाहेकका नन कार्डियाक समस्या या कारणहरु
जसमा ग्यास्ट्रो या पाचन क्रिया र अगं समबन्धीत समस्याहरु , ज्वरो देखिएका संक्रमणहरु अथवा तापमान बढेका कारणले जस्तै मलेरिया, लेप्टोप्रीयोसीस, डेन्गु आदि अनि श्वासप्रश्वास का समस्याहरु मुख्य कारक बताइएको छ ।
यस बर्ष सन् २०१८ सुस्वास्थको बर्ष होस्, जोखिमबाट बाहिरै रहनुहोला ।
हाम्रो पात्रो