-स्वास्थ्य खबरपत्रिका संगको सहकार्यमा हाम्रो पात्रोको साप्ताहिक स्वास्थ्य सामाग्री
पानी
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बारप्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर,पानीकोनाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफापानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियतभइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।
फाइबरयुक्त खाना
हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएरपैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हितगर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्यचुकाइरहेका छाँै । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागिमहत्वपूर्ण औषधि नै साबित भएका छन् ।
फलफूल तथा सागसब्जी
ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमाप्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ। तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावनाहँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ ।
गेडागुडी
भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगलेकब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।
तेल
जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलकोगेडा पनि कब्जियत उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामाचिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाटरोकिदिन्छ ।
उखुको जुस, खुदो र मह
कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुकोजुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।
अंगुर र कागती
उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलैमलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि योसमस्यालाई तत्कालै समाधान गरिदिन्छ ।
व्यायाम
विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेकोस्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।
स्रोतः http://swasthyakhabar.com
Liked by: