अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) सामान्य रूपमा धेरै हुने मानसिक स्वास्थ्य अवस्था हो, जसमा मानसिहरूमा अब्सेसिभ (कुनै एकै प्रकारको धुन चढ्ने) विचारहरू आउने र कम्पल्सिभ (वाध्यात्मक) व्यवहारहरू देखिने हुन्छ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) पुरुष, महिला र बालबालिकाहरूमा हुनसक्छ। केही व्यक्तिहरूलाई सानै उमेरमा लक्षणहरू देखिन सक्छन्। केही मानिसहरूलाई किशोरावस्थामा यसका लक्षण देखिन्छन् तर प्राय: यो व्यक्तिको वयस्क उमेरको सुरुवातमा देखिन्छ।
OCD झन्झटिको र यसले जीवनमा असर गर्न सक्ने हुन्छ, तर उपचारले यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) का लक्षण तथा चिन्हहरू
यदि तपाईँलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) छ भने बारम्बार अब्सेसिभ (कुनै एकै प्रकारको धुन चढ्ने) विचारहरू आउने र कम्पल्सिभ (वाध्यात्मक) व्यवहारहरू देखिने हुन्छ।
- अब्सेसन भनेको अनावश्यक र अप्रिय विचार, विम्ब या कुण्ठा बारम्बार मस्तिस्कमा आउनु हो जसले तपाईँमा एङ्जाइटी, ग्लानी या असजता पैदा गर्छ।
- तर कम्पल्सन कुनै पनि दोहोरिरहने व्यवहारहरू हुन् जसलाई तपाईँले असहज अनुभवहरूलाई केही समयमात्र हटाउनको लागि भए पनि गर्नु पर्ने हुन्छ।
उदाहरणको लागि चोरीको अब्सेसिभ डर भएको व्यक्ति आफ्नो घरबाट निक्लनु पहिले ढोका तथा झ्यालहरूको ताल्चा तथा चुक्कुल पटक पटक जाँच गरेेर मात्र निस्कन्छन्।
महिलालाई गर्भवती हुँदा या नवजात शिशुलाई जन्म दिँदा कहिलेकाहिँ OCD हुन सक्छ। अब्सेसनहरूमा बच्चालाई हानि पुर्याउँछु कि भन्ने भावना या बच्चाको दुध चुसाउने भाँडा किटाणुरहित भएन कि भन्ने विचारहरू हुनसक्छ। त कम्पल्सनहरूमा बच्चाले सास त फेरेको छ भनेर बारम्ब जाँच्ने या बाच्चा स्वस्थ त छ भनेर चिन्ता लिने हुनसक्छ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) को लागि सहायता कसरी लिने ?
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) लागेका मानिसहरू लाज या सरमले गर्दा सहायता लिन खोज्दैनन्।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) भनेको अन्य अवस्थाहरू जस्तै एउटा स्वास्थ्य सम्बन्धी रोग हो त्यसैले कुनै लाज या सरम मान्नु पर्दैन। अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) हुनु भनेको पागलपन हैन र यसमा तपाईँको कुनै गल्ति छैन।
सहायता भेटाउने २ वटा तरिकाहरू छन्:
- तपाईँले सिधै मनोचिकित्सक या मनोपरामर्शदाताहरूकहाँ सिधै सम्पर्क गर्न सक्नुहुन्छ।
- या तपाईँले जेनेरल फिजिसियनसँग कुरा गर्नुपर्छ र उनीहरूले तपाईँलाई आवश्यकता अनुरूपको सेवाको सिफारिस गर्नेछन्।
यदि तपाईँको परिवारको सदस्य या साथीलाई यस्तो छ भन्ने लागेमा उनीहरूसँग आफ्नो चिन्ता र सुझावहरू राख्नुहोस् र कसरी सहायता पाउने बाटो देखाउनुहोस्।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) लागेका व्यक्तिहरू उपचार बिना नै ठिक हुन असम्भव नै छ।
हाम्रो पात्रो हेल्थमा विभिन्न डाक्टरहरू उपलब्ध हुनुहुन्छ।
खाता खोल्न र सहायतासँग कुरा गर्न निशुल्क छन् र स्वास्थ्य सम्बन्धी थुप्रै जानकारीहरू र भिडियोहरू निःशुल्क रूपमा उपलब्ध छन्।
डाक्टरहरूसँग टिकट लिएर तुरन्त, अपोइन्टमेन्ट लिएर या विशेषज्ञ समूहसँग स्वास्थ्य परामर्श लिन सकिन्छ। सबै परामर्शहरू गोप्य र सुरक्षित छन्।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) को उपचार
तपाईँको जीवनमा यसको प्रभाव कम गर्न अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) का केही प्रभावकारी उचारहरू उपलब्ध छन्।
मुख्य उपचारहरू :
- मनोपरामर्श या थेरापी - प्राय कग्निटिभ बिहाभियोरल थेरापी (CBT) ले तपाईँका अब्सेसनहरूलाई बाध्यकारी कम्पल्सनहरूमा नबदलीकन कसरी व्यवस्थापन गर्ने भन्ने सिकाउँछ।
- औषधि - थुप्रै औषधिहरू मध्ये मुख्यतः (SSRIs) भनिने सेलेक्टिभ सेरोटोनिन रिअप्टेक इन्हिबिटरहरू प्रयोग गरिन्छ जसले तपाईँको मस्तिस्कको रहायनिक सन्तुलनलाई मिलाउन सहायता गर्न सक्छ।
कग्निटिभ बिहाभियोरल थेरापी (CBT) को प्रभाव एकदम छिटो हुने गर्छ। (SSRIs) को प्रभाव देखिने भने महिनौँ लाग्न सक्छ तर प्रायजसो मानिसहरू यसबाट लाभान्विन हुने गर्छन्।
यदि औषधिले काम नगरेमा अन्यप्रकारको (SSRIs) प्रयोग गरिन्छ या (SSRIs) र कग्निटिभ बिहाभियोरल थेरापी (CBT) दुबै को संयोजनमा उपचार हुनसक्छ।
केही मानिसहरूलाई विशेषज्ञ मानसिक सेवामा उपचारको लागि पठाइन सक्छ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) का कारणहरू
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) के कारणले हुन्छ भन्ने स्पष्ट छैन। विभिन्न कारणहरूले भूमिका खेल्न सक्छन् जस्तै:
- पारिवारिक कारण : मानिसहरूलाई परिवारमा कसैलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) छ भने उनीहरूलाई पनि अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) हुनै सम्भावना धेरै हुन्छ सम्भवतः वंशानुगत कारणले
- मस्तिस्कमा भिन्नता - अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) भएका केही व्यक्तिको मस्तिस्कको केही भाग बढी सक्रिय हुने या न्युन सेरोटोनिन स्तर हुने देखिएको छ।
- जीवन घटना : अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) दादागिरीको सिकारमा परेका, दुरुपयोगमा परेका या त्यागिएका मानिसहरूमा बढी देखिन्छ। कसैको मृत्युशोक या केटाकेटीको जन्म पछि पनि अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) देखिएको छ।
- व्यक्तित्व: अधिक सफाइ चाहने, साना कुरामा अधिक ध्यान दिने, तरिकाबद्ध काम गर्ने र व्यक्तिगर स्तर उच्च राख्ने मानिसलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) हुने सम्भावाना धेरै देखिएको छ। आफ्नो लागि र अन्यको लागि आफ्नो जिम्मेवारीको धेरै सोच राख्ने मानिसलाई र धेरै एङ्जाइटी महसुस गर्ने व्यक्तिलाई पनि अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) धेरै देखिएको छ।
सहायता समूह
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) रोग लिएर जीवन जिउन गाह्रो हुनसक्छ। डाक्टर तथा चिकित्सकीय सहायताको साथमा कुनै सहायता समूह या अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (OCD) लागेका अन्य व्यक्तिहरूसँगको कुराकानी र सुझाव सल्लाहले सहयोग गर्न सक्छ।
Liked by: