तपाँईले आफ्ना छोराछोरी संग समय बिताउन किन जरुरी छ ?
कुनै परिवर्तनमा छोराछोरी ले कसरी त्यसअनुरुप आत्मसाथ गरिरहेका छन् या छैनन ? के कुरामा उनिहरुको व्यबहारमा थप बिकास चाहिएको छ र के कुरा उनिहरुले सिक्न बाँकी छ पनि बुझ्न जरुरी हुन्छ । बच्चाहरु संग बोल्ने गर्नुहोस्, वाक्य वाक्य पिच्छे तपाँई लाई चकित अनि हैरान पार्ने गर्दछन । स्मरण रहोस् तपाईका हरेक उत्तर संगै उनिहरुको जिवनले आकार लिइरहेको हुन्छ ।
बच्चाहरुको ईशारा बुझ्नेगर्नुभएको छ ? के भन्न चाहँदैछ तपाईको छोरा या छोरीले ? शव्द नजान्ला तर भाव त छाड्छन नि बच्चाहरु ले, हामीले त्यो बुझ्न धेरै जरुरी हुन्छ । र भावहरु बुझ्न र आत्मीयता बढाउन उनीहरु संग समय बिताउन जरुरी छ । हरेक आमाको छैठौं इन्द्रिय सक्रिय हुन्छ जब उनको र उनको बच्चाको कुरा आँउछ । आमाहरु ले त्यसै कारणले पनि देखाएका भन्दा लुकाएका कुरा र भावहरु बुझ्ने गर्दछन्, हैन र ?आमा र बुवा दुबैले आफ्ना छोराछोरीको बच्चैदेखि व्यक्तित्व बिकास अनि भावहरुको बिचार गरेर बुझ्न जरुरी मानिन्छ । बच्चाको हरेक कदम र बिकास प्रति चनाखो भएर समय दिन जरुरी छ । बच्चाहरुको मनोवृती अनि धारणा प्रकृती बुझदै हरेक सरल अनि सहज कुरालाई स्पष्ट संगले बुझ्न जरुरी छ । के कस्ता कुराहरु ले उनिहरुमा खुशीको फोहोरा फुटाएको छ अनि कस्ता कुराले उनिहरुमा नैराश्यता ल्याएको छ, बुझ्न जरुरी छ । यसका लागि उनिहरुले खादाँ, खेल्दा, सुत्दा, उठ्दा अवलोकन र बिचार गर्न जरुरी हुन्छ । कुन क्रियाकलाप उनिहरुले रमाइलो मानेर गरेका छन् ? कस्ता मान्छे या साथी अनि खेलौना मनपराएका छन् ? सबै कुरा हेर्न अनि बुझ्न जरुरी हुनेगर्दछ । उनीहरुको रुची र खुशी अनुसार आफ्ना व्यबहार निर्धारण गर्न जरुरी हुन्छ । सुस्तरि उनिहरुको रुची बाहिरका कुराहरु को पनि उनीहरुका अगाडी महत्व बढाउन पर्दछ ।
कुनै परिवर्तनमा छोराछोरी ले कसरी त्यसअनुरुप आत्मसाथ गरिरहेका छन् या छैनन ? के कुरामा उनिहरुको व्यबहारमा थप बिकास चाहिएको छ र के कुरा उनिहरुले सिक्न बाँकी छ पनि बुझ्न जरुरी हुन्छ । बच्चाहरु संग बोल्ने गर्नुहोस्, वाक्य वाक्य पिच्छे तपाँई लाई चकित अनि हैरान पार्ने गर्दछन । स्मरण रहोस् तपाईका हरेक उत्तर संगै उनिहरुको जिवनले आकार लिइरहेको हुन्छ ।
उनिहरु संग कुरा गर्दा शरीर र अनुहारको हाउभाउले ठूलो भूमिका खेल्दछ, उनिहरु लाई प्रश्न सोध्नुहोस अनि खुल्ला र स्वतन्त्र रुपमा अभिव्यक्त गर्ने अवसर दिनुहोस् । सही र गलतको फगत परिधी बाहिर वार्तालाप गर्नुहोस् । हरेक बच्चाको आआफ्नै सिक्ने तवर र गती हुन्छ, कोही छिटो त कोही ढिलो सिक्दछन् , उनीहरुको यो तीमा परिवर्तन नगर्नुहोस् ।
आमाबुवा ले जति धेरै समय छोराछोरी लाई दियो त्यती नै उनिहरुले आफूलाई बिशेष मान्ने अध्ययन हरुले देखाएको छ । व्यस्त जिवन भएपनि आगामी पुस्ताका लागि समय दिन जरुरी हुन्छ । फरक फरक परिवेश अनि परिधीमा उनिहरु संग व्यबहार र बिचरण गर्न जरुरी मानिन्छ ।
उनीहरु लाई प्रकृती संग नजिक पार्न अनि खुशी हुन सिकाउन पनि बढि समय त्रिताउन जरुरी मानिन्छ । नचाहिने प्रतिस्पर्धा र नकारात्मक भावहरु संग उनिहरुलाई पर राख्न जरुरी हुन्छ । कहिले हसाँउन अनि कहिले सिकाउन आमाबुवा या अभिभावक को भूािका जरुरी छ र यसका लागि समय बिताउन पर्ने हुन्छ । बच्चाहरु संसारका कर्णधार अनि भगवानका उपहारहरु हुन्, यिनीहरुलाई हाँसो, खुशी अनि जिम्मेवारी पना सबै दिन जरुरी हुन्छ । यदि तपाँई एकल अभिभावक हुनुहुन्छ भनें अरु परिवारका सदस्यहरु या साथीहरु समय समयमा बोलाउने अनि बच्चाहरु संग अन्र्तक्रिया गर्न लगाउन जरुरी हुन्छ । खेल खेल्ने माहौल र नयाँ कुरा सिक्ने माहौल बनाउन जरुरी हुन्छ ।
आफू भन्दा कमजोरलाई सहयोग गर्न सिकाउनु अर्को महत्वपूर्ण सीप हो, यसका लागि पर्याप्त समय बिताउने अनि उनिहरुको अगाडि आफूले पनि उदहारणीय कार्य गर्न जरुरी छ । म गरिब छु या कमजोर छु भन्दा पनि सबै जना समान छौं अनि दुख्ख सुख्ख जिवनको पाटा हो भन्ने भावनालाई अप्रत्यक्ष सञ्चार गराउन जरुरी छ । कला, संगीत अनि बिचारको असर धेरै हुन्छ, सही संगत र समयको महत्व सिकाउन जरुरी छ । आफ्ना बच्चासंग गुणस्तरिय समय बिताउनुहोस्, असरल अभिभावक आजको आवश्यक्ता हो ।
हाम्रो पात्रो