Krishak Binako Samriddha Nepalko Kalpana Nagarau | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

कृषक बिनाको समृद्द नेपालको कल्पना नगरौं





पात्रोमा राखिएकैले धेरै आज राष्ट्रिय किसान दिवस भनेर सम्झेको हुनु पर्छ | केहि समय अगी सम्म नेपाललाई कृषि प्रधान देश भनेर चिन्ने गरिन्थ्यो र विस्तारै अहिले भन्न कम गरिदै आईएको छ | पहिला पहिला किसान भनेर बुझिने शब्दलाई अहिले कृषक भनेर चिनिदै आएको छ | शब्दमा ठुलो चिन्ता होईन जसरी विकास भन्ने शब्द अहिले समृद्दी नामक शब्दमा सजिलै अवतरण भएको छ |

कृषि कर्म पूर्ण रुपमा मानव जीवनको वृत्ति विकास संग सम्बन्धित आर्थिक भन्दा सेवामुलक वा अरुको जीवन जोगाउने हुर्काउने बढाउने नै भन्दा कति पनि फरक नपर्ला | कृषि शब्द प्रयोग हुदै गर्दा किसान वा कृषक शब्द पनि त्यति नै खेर आई हाल्छ | परिश्रमी, मेहनति, सच्चा श्रमजीवि वर्ग भनेकै किसान नै हुन् | किसानको जति महिमा सायदै अरु पेशामा आबद्द मान्छेको गईन्छ होला | 'सानो छ खेत सानै छ बारी.....'नामको कविता नसुनेको र नपढेको विद्यार्थी पनि सायदै होलान् | धर्तिको माटोमा पसिना चुहाएर जीवन फलाउने किसान वास्तवमै वैज्ञानिक हुन् |

नेपालमा अधिकांश जनता कृषि संग जोडिएकै हुन्छन | केहि समय अगाडी सम्म कृषि प्रधान देश भनेर पनि चिन्ने गरिन्थ्यो | तर बिस्तारै नेपालमा कृषि क्षेत्रले आफ्नो अस्तित्व र प्रभाव गुमाउंदै गएको छ | यसमा विविध कारण छन् मुख्यत हाम्रो राजनीतिक, आर्थिक, प्राविधिक र सामाजिक कारण रहेका छन् |

राजनीतिक कारणले देशमा बनेका कृषि मैत्री विभिन्न नीति, नियम र रणनीति र योजनाहरुको कार्यन्वयनको पक्ष कमजोर र भ्रष्टचारले लिप्त छ | अर्को आर्थिक कारणमा, नेपाली किसान अधिंकाश रुपमा साना र केहि मझौला मात्र छन् जो एकदमै पराम्परागत र गर्नैका लागि मात्र कृषि गर्दै आएका छन् | प्राविधिक रुपमा पनि सक्षम जनशक्ति कृषि क्षेत्रमा लागेका छैनन् भलै पछिल्लो चरणमा विदेशबाट फर्केर आएका युवाबाट यसमा केहि अग्रसरता बढेको देखिन्छ | प्राविधिक जनशक्ति मात्र नभएर यान्त्रिकीकरणमा जान नसक्नुमा नेपालमा कृषि क्षेत्रको एउटा दुखद नमुना हो | त्यस्तै गरी, सामाजिक कारण अर्को मुख्य समस्या छ | कोहि पनि घरपरिवारले आफ्ना छोराछोरीलाई किसान बनून भन्ने चाहंदैनन् | कृषि गर्ने, किसानी गर्ने भनेको हलो जोत्ने, खन्ने, बीउ लाउने जस्ता दुखका काम हुन् र यसबाट दुख बढी सुख कम हुन्छ भन्ने हाम्रो सोच विकास भएकाले यस्तो समस्या संस्कारको विकास भएको छ | यदि हाम्रा परिवारहरुले जस्तै अरु ठाउँमा पनि त्यही भन्ने हो भने हाम्ले के खाएर बाँच्छौं होला ? प्रश्न सोचनीय छ |

नेपालमा किसानलाई गरिब, फोहोरी, दुखि काम गर्ने, केहि गर्न नसकेर किसानी गर्न लागेका लगायत विभिन्न भनाईले कृषि क्षेत्रमा लाग्ने र लाग्न खोज्नेलाई तर्साउँछ | वास्तवमा सबै भन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र | सबै भन्दा आर्थिक लगानी गरी प्रशस्त रोजगारी दिने क्षेत्र | सुखी नेपाली र समृद्द नेपालीको लागि बाटो कोर्ने क्षेत्र भनेको कृषि नै हो र त्यसमा सहभागी हुने कृषक नै हुन् |

अहिले सरकारका नजरमा कृषि र कृषकका क्षेत्रमा विभिन्न नीति, नियम, योजना, परियोजना बन्ने कार्य जारी छन् | निरन्तर रुपमा हरेक सरकारले सबै तहका सरकारमा कृषि लाई प्रमुख प्राथमिकता दिने घोषणा गरेर लागेका छन् | कागजी रुपमा कृषि र कृषक उन्नत छन् तर व्यवसायिक रुपमा किसानको समस्या अति नै दयनीय अवस्थामा रहेका छन् |

वास्तविक कृषक खेतवारीमा हुन्छन् | कृषकलाई के गरिदिनु पर्ने भन्ने सल्लाह लिन प्राविधिक देखि सरकारका कर्मचारी खेतवारी, बगैंचा मै नै जानु पर्ने हो तर यहाँ कृषकको जनसंख्या देखि उत्पादन कति भयो सम्मका कुरा सबै अनुमान र काठमाण्डौ बसेर कम्प्युटर बाट गरिन्छ | यो भन्दा विडम्बनाको विषय के होला ? संचार माध्यममा बर्खा लाग्न थालेपछि धान मकै लाउने बेला मल र बिउ नपाएका किसानका समस्याले खुब महत्व पाउँछन् र सरकारले पनि केहि गरे जस्तो देखाउन एक दुई ओटा राहतका काम गरेर टार्छ | वास्तवमा सरकार दुख परेपछि मात्र राहत बाँड्नैका लागि बनेको जस्तो देखिन्छ | कृषकका वास्तविक समस्या केके छन् भनेर बुझ्नु आवश्यक छैन | सिंचाई, मल, बिउ, प्राविधिक सुविधा, सडक, बिजुली, बजार, कृषक क्षमता अभिवृद्दीका कार्यमा अलिकति बजेट छुट्टाएर त्यसको कार्यन्वयन गरेपनि किसानका धेरै तहसम्मका समस्या समाधान हुन्छन् |

अब कुरा गरेर, गफ दिएर, यो र त्यो गर्छु भनेर किसानलाई झुलाउन समय छैन | तरकारी, फलफुल, खाद्य बाली, पशुपन्छी लगायतका क्षेत्रमा प्रभावकारी रुपमा साना तर महत्व राख्ने विषयमा कार्यक्रमलाई तीव्रता दिएमा किसानको गरिमा बढ्छ | किसान प्रति स्रद्दा जाग्दछ | कोरिया, जापान जान १० हजार जनाको कोटामा १ लाख युवा भिड्नु पर्ने छैन | कोरिया, जापानमा गएर त्यहाँ हरियाली बनाउन सक्ने युवा नेपाल मै अगुवा कृषक, व्यवसायिक कृषक र प्रभावाकारी कृषक बन्न सक्छन् | देशले कृषक जन्माउने ठाउँ राख्नु पर्यो कृषकलाई मार्ने र खुम्च्याउने ठाउँ होईन |

जय कृषि, जय कृषक !!

-------
-सन्तोष सागर



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.