खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?





वैदेशिक रोजगारको क्रममा विदेश गएका लाखौँ नेपाली युवाहरूको स्वास्थ्यको चिन्ता यहाँ नेपाल बस्ने आफन्तहरूलाई हुने गर्दछ । यसरी विदेश जानेहरू विशेषगरि खाडी मुलुकहरूमा गर्मीमा अधिक परिश्रम गर्नुपर्ने हुँदा धेरै बिरामी पर्ने हुन्छन् । स्वास्थ्य समस्या बढ्दै गएपछि कतिपय नेपाल फर्केको अवस्था पनि रहेको छ । केहि कम्पनीहरूले स्वास्थ्य बिमा गरेता पनि अन्य कम्पनीहरूको बिमाको सुविधा गरेको हुदैन । बिरामी भइहाल्यो भने पनि डाक्टरको समय र कामको समय मिलाउन गार्हो हुने गर्दछ । समय मिलेपनि त्यहाँको स्थानिय भाषा जानिएन भने खास समस्या बताउन सकिदैन, जसले गर्दा सहि उपचार पाइदैन ।

खाडी देशहरूमा काम गरिरहेका नेपाली कामदारहरूले स्वास्थ्य सेवाहरूमा पहुँच गर्न गाह्रो भएको अवस्थाहरू जस्तै समय, स्थान, र आर्थिक कठिनाइहरू, जसले गर्दा उनीहरूलाई नियमित स्वास्थ्य जाँच गराउन सकस पर्न सक्छ । यहि सकसलाई सुविधामा बदल्न टेलिहेल्थको मद्दत लिन सकिन्छ । टेलिहेल्थको माध्यमबाट आफ्नो अनुकूल समयमा किफायती तरिकाले घरकै आरामबाट मोबाइल वा कम्प्युटर मार्फत चिकित्सकसँग सिधै कुरा गर्न सक्दछन् । यसले गर्दा उनीहरूको स्वास्थ्य समस्याहरूको चाँडै नै उपचार पाउन सक्दछन् ।

खाडी मूलुकहरूमा विभिन्न भाषा र सांस्कृतिक विविधता छन् । धेरैजसो नेपाली कामदारहरूलाई त्यहाँको अरबी वा अंग्रेजी भाषामा बोल्न सहज हुँदैन । बिरामी भएको बेला डाक्टरसँग परामर्श लिनको लागि अप्ठ्यारो हुन्छ, आफूलाई भएको समस्याको सहि उल्था नहुन सक्छ । सहि तरिकाले समस्या पहिचान भयो भने मात्र सहि समाधान आउछ । टेलिहेल्थ सेवाहरूमा नेपाली भाषामा सेवा प्रदान गर्ने डाक्टरहरूसँग परामर्श गर्न सकिने भएकाले भाषाको अवरोध कम हुन्छ र समस्याको सहि समाधान आउछ ।

यसका साथै टेलिहेल्थको प्रयोग गर्दा समय र खर्चको पनि बचत हुन्छ । कामबाट बिदा लिनु, अस्पताल जानु, र लामो प्रतिक्षा गर्नु पर्ने झन्झट हुँदैन । अनलाइन परामर्शबाट स्वास्थ्य समस्या समाधान गर्न सकिने भएकाले समय र खर्च दुवै बचत हुन्छ । विदेशमा सधै एकै किसिमको काम गर्दै गर्दा मानसिक तनाव र एक्लोपनको समस्याहरू पनि देखिने गर्दछ । यस्तो अवस्थामा पनि टेलिहेल्थको माध्यमबाट सेवाहरू लिएर मनोवैज्ञानिक परामर्श पनि लिन सक्छन्, र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ, साथै कार्यक्षमतामा सुधार ल्याउँछ ।टेलिहेल्थको मद्दतबाट नियमित स्वास्थ्य जाँच गराउन सजिलो हुन्छ । नियमित जाँचले स्वास्थ्य समस्याहरूको प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ र आवश्यक उपचार गराउन सकिन्छ । यसले गम्भीर स्वास्थ्य समस्याहरूलाई रोक्न पनि मद्दत गर्दछ ।

अहिलेको समयमा खाडी देशहरूमा काम गरिरहेका नेपालीहरूको स्वास्थ्यको लागि टेलिहेल्थ अत्यन्तै महत्त्वपूर्ण छ । यसले आफ्नै बस्ने ठाँउबाट आफ्नै अनुकूल समयमा, आफ्नै भाषामा, समय र खर्चको बचत गर्दै नियमित जाँच र मनोवैज्ञानिक परामर्श जस्ता सुविधाहरू प्रदान गर्दछ । यसले गर्दा टेलिहेल्थ सेवाहरूको प्रयोग गर्नाले खाडीमा हुने नेपाली कामदारहरूको जीवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । हाम्रो पात्रोले टेलीहेल्थ सेवा मार्फत परामर्श दिदै आइरहेको छ जसमा घरमै बसी विशेषज्ञ डाक्टरहरूसँग परामर्श सेवा लिन र डाक्टरसँग कुरा गर्दा कन्फेरेन्स कल मार्फत अरू टाढा भएका परिवारहरू पनि जोडिन सक्ने व्यवस्था पनि रहेको छ, जसले गर्दा नेपालमा हुने परिवारको चिन्ता कम हुन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.