हाम्रो पात्रोबाट सामान कसरी किन्ने ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?





के हजुरहरूलाई थाहा थियो हाम्रो पात्रोबाट सामानहरू पनि किन्न मिल्छ ? हो, सहि पढ्नुभयो, तपाईंको आफ्नै एप हाम्रो पात्राेबाट सामान अर्डर गर्नुहाेस् र छोटो समयमा त्यो सामान आफ्नै घरको ढाेकामा पाउनुहाेस् ।

नेपालीहरूको दैनिक जीवनलाई सहज बनाउन हाम्राे पात्राेले लिएर आएको धेरै सेवा सुविधाहरू मध्ये हाम्रो मार्ट पनि एक हो, जसबाट हजुरले चाहेकाे र राेजेकाे सामानहरू सजिलै र सुपथ मूल्यमा किन्न सक्नुहुन्छ । यसरी हाम्रो मार्टबाट सामान खरिद गर्दा पाइने लाभहरूको फाइदा कसरी उठाउने भनेर यो लेखको अन्तिममा हामीले तपाईंहरूको लागि केही बोनस टिप्स पनि राखेका छाै ।

कसरी गर्ने त अर्डर हाम्राे पात्राेबाट ?

1.सबैभन्दा पहिले हाम्रो पात्राेकाे हाेमपेजमा रहेकाे हाम्रो मार्टकाे आइकनमा क्लिक गर्नुहाेस् । यदि हजुरहरूले वेबबाट किन्न खोज्दैहुनुहुन्छ भने  https://mart.hamropatro.com खोल्न सक्नुहुन्छ ।


2.हाम्रो मार्टको होमपेज खुलेपछि त्यहाँ रहेको कलेक्सनबाट सामानहरू रोज्न सक्नुहुन्छ वा हजुरले search मा गएर आफूले चाहेको सामान खोज्न पनि सक्नुहुन्छ ।

3.हजुरले रोजेको सामानलाई “Add to Cart” बटनमा क्लिक गरेर आफ्नो Cart मा राख्नुहोस् । त्यस्तै, अरू सामानहरू पनि “Add to Cart” मा क्लिक गर्दै जानुहोस् । यदि एउटै मात्र सामान किन्ने हो भने सिधै “Buy Now” मा क्लिक गर्न सक्नुहुन्छ ।

4.तपाईंले “Buy Now” गरेपछि Cart को पेज खुल्छ । यदि हजुरले “Add to Cart” मात्रै गर्दै हुनुहुन्छ भने हजुर Cart को पेजमा जानुपर्ने हुन्छ। त्यसको लागि मार्टको पेजको सबैभन्दा तल रहेको “Cart” मा क्लिक गर्नुहोस् या सबैभन्दा माथि रहेको प्रोफाईलको छेउमा रहेको “Cart” को आइकनमा क्लिक गर्नुहोस् ।

5.अब के कति वटा सामान किन्ने हो तय गरेर “Checkout” भन्ने बटनमा क्लिक गर्नुहोस् ।

6.हजुरले Login नगरि पनि अर्डर गर्न सक्नुहुन्छ, त्यसको लागि “Continue as Guest” बटनमा क्लिक गर्नुहोस् । यदि Login गरेर अर्डर गर्न सक्नुहुन्छ भने गुगल र फेसबुकबाट सिधै लगइन गर्न सक्नुहुन्छ ।

7.हजुरले आफूले खरिद गर्ने सामानको बारेमा केही भन्नुपर्ने कुरा छ भने ‌+Add Note मा केहि कुरा लेख्न सक्नुहुन्छ ।

8.आफ्नो नाम, मोबाइल नम्बर, वैकल्पिक मोबाइल नम्बर, ईमेल, प्रदेश, सहर र ठेगाना राख्नुहोस् ।

9.त्यसपछि डेलिभरी मिति तय गर्नुहोस् ।

10.त्यसपछि पेमेन्ट कसरी गर्ने तय गर्नुहोस् । (Cash on Delivery अथवा Hamro Pay) हजुरले सामान डेलिभर भएपछि आफ्नो सहजता अनुसार बैंक ट्रान्सफर पनि गर्न सक्नुहुन्छ ।

11.यो सबै विवरण सहि भएपछि “Confirm Order” मा क्लिक गर्नुहोस् ।

12. बधाई छ, हजुरको अर्डर सफल भएको छ । हाम्रो Customer Support बाट हजुरलाई अर्डरको अपडेटको लागि कल आउनेछ ।

बोनस टिप्स

हाम्रो मार्टमा टन्नै अफर र डिसकाउन्टहरू उपलब्ध छन् ।
हजुरले सामान खरिद गर्दा बचत गर्ने सोचमा हुनुहुन्छ भने

1.हाम्रो पे बाट पेमेन्ट गर्नुहोस् ।
हरेक खरिदमा रू. २००० सम्मको लागि ५% क्यासब्याक पाउनुहुनेछ ।

2.रू १००० भन्दा धेरै पैसाकाे सामान किन्नुहोस्
यसो गर्दा तपाईंले काठमाडौं उपत्यकामा फ्रि डेलिभरी सुविधा पाउनुहुनेछ र तपाईंको डेलिभरी शुल्कपनि बच्नेछ ।

3.समय समयमा हाम्रो मार्टले कुपनहरू बनाएको हुन्छ । कुपन प्रयोग गरेर Extra Discount को लाभ उठाउनुहोस् ।

हजुरलाई कुनै पनि जानकारी या आफ्नो अर्डरको अपडेट चाहिएमा हामीलाई हाम्रो मार्टको होमपेजको Chat मा वा ९८०१३५८७४४ वा ९८०१३५८७४५ मा Whatsapp मेसेज वा Direct कल गर्न सक्नुहुनेछ । हाम्रो कार्यालय समय आइतबार देखि शुक्रबार बिहान १० बजे देखि ६ बजेसम्म रहेको छ ।

अब गर्ने होइन त तपाईंकै मोबाइलमा भएको एप हाम्रो पात्रोबाट Shopping .

Shop Smart with Hamro Mart



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.