के कुराले मानिसलाई जीवन समाप्त पार्न प्रेरित गर्दछ रु यो प्रश्नको जवाफ अत्यन्त विषयगत हुन्छ, यकिन गरेर भन्न सकिन्न । थियोरी अफ ईभोल्यूशन हेर्दा यस श्रृष्टिका हरेक जीवहरु आफ्नो जीवनरक्षार्थ र सुरक्षाका लागि प्रोग्राम्ड गरिएका हुन्छन्, सबैलाई आफ्नो सुरक्षा र जीवनको माया हुन्छ । अब जीवहरु बाट माथि उठेर मानिसहरुको कुरा गर्दा मानिस ईभोल्यूशनमा निकै अगाडि आएको प्राणी, बिवेकशील प्राणी, उस्को जटिल नर्भस सिस्टम र सोच्न सक्ने क्षमताले मानिसलाई आफ्नो सुरक्षार्थ अनि जीवनरक्षार्थ थप अब्बल प्राणी बनाएको छ । जीवनको रक्षा गर्नु मानिस जीवनको डिफल्ट उर्जा हो तर आखिर आत्महत्या गर्दा मानिसमा के अनि कस्तो र कसरी आँफैैलाई समापन गर्ने भावना जागृत भएर आँउदछ त ? हुन त आत्महत्यालाई मानसिक डिसअर्डरसंग जोडेर हेरिन्छ तर त्यो मात्र एउटा आत्महत्याको पृष्ठभूमि हैन ।
हलिवुडका मलाई सबैभ्न्दा मनपर्ने कलाकार, चरित्र अभिनेता, क्यामीओ अनि स्ट्याण्ड अप केमडियन थिए रबिन विलियम्स, मलाई यिनी बोल्ड, तार्किक अनि जीवन बुझेको लाग्दथे, विश्वभरिका मदनकृष्ण अनि हरिवशं भनेंर सो५दथे रविन विलियम्सलाई । आश्चर्य यिनले सन् २०१४ मा आत्महत्या गरे, मैले पत्याउन सकिन् । म हुर्कदाँ देखि देखेको अधिकांश कार्टुनमा आवाज दिने रबिन विलियम्स मेरा लागि संभवत म भन्दा अनि संसारकै सर्वाधिक खुशी मान्छेमा पर्दथे, यिनको आत्महत्या पछि म झस्किए, ६३ वर्षका रविले जानाजान आफूलाई मारे, अवाक भएँ ।
आखिर किन ?
रविन, सुशान्त सिंह लगायत कति थुप्रै नाम चलेका, करिअर उकालो लागेका सिद्धहस्त व्यक्तिहरु समेतले जीवन यसरी परित्याग गर्दछन् त ?
के आत्महत्या रोकथाम गर्न सकिने कुरा हो या हैन ? यदि हो भनें यो कसरी रोकथाम गर्न सकिन्छ, परिवारको भूमिका यसमा के हुन्छ ? कसरी लागेका कुराहरु शेयर गर्ने, आफ्ना सुख्ख दुख्खको अभिव्यक्ति के हो? हामीले विश्वभरिका पुस्तालाई नसिकाउन्जेलसम्म यो आत्महत्या रोकथाम हुन्न । शायद हामी अति नै रिलकटेन्ट भएका छौं, यथास्थितीवादका कारण हामी हरेक नयाँ दिन, उर्जा र कारणहरुलाई सकारात्मक रुपमा र प्रगतिको घोतकका रुपमा हेर्न सक्दैनौं, शायद हामी तुलना धेरै गर्दछौं र मनन कम गर्दछौं, शायद हामीलाई जीववन कति अनमोल छ भनेंर कसैले सिकाँउन पनि सकेकै छैन ।
बाटोमा म पहिलेजस्तो हाँसेर हिँडेका मान्छेहरु र मुस्कुराएका अनुहार देख्न सकिरहेको छैन, यो लकडाउन अघिकै अनुभव हो । सबैजना हतारमा छन्, आफ्नो हाँसोलाई भ्यालिडेट गर्न ठूला ठूला कारण खोजेर बसेका छन् । के आत्महत्या रोक्न सकिन्छ, नेटमा धेरै रिसर्च गरेँ., अहँ रकिन्न, आत्महत्या केवल असर हो अनि मुल कारण त डिप्रेशन र उदासी हो, हामीले यी कारणसंग जुध्यौं भनें आत्महत्या रोक्न सक्नेछौं, यो ध्रुवसत्य हो ।
हामीले बास्तवमा भन्ने हो भनें दुइवटा राम्रा बानीहरु भुल्दै गयौं शायद, सुन्ने र सुनाउने । जति हामीले अरुको सुन्न छाड्यौं र आफ्नो सुनाँउन थाल्यौं, हामी एक्ला हुन थाल्यौं । चियागफहरु कति जरुरी छन्, म आजभोली बुझ्दै छु, अब हाफ्ना भावना सुनाउन अनि अरुको सुन्नका लागि हामीले उत्पे्ररित गर्ने समय आएको छ, ठट्यौली र चुटकाहरुको समय आएको छ। मानिस हाँस्न जन्मेको हो, हाँस्ने अनेक कारणहरु हुन्छन् तर एक पित्का हाँसोलाई भ्यालिडेट गर्न खोज्दा खोज्दै मानिसले आफूलाई आफूले अन्त गर्ने पीडादायि अवस्थामा पुग्नेरहेछ ।
आत्महत्याको नचाँहिदो फेशन पनि बढ्दो छ, आत्महत्यालाई फेशन र ट्रन्डमा राख्दै नचाहिने प्रश्रय र शव्दहरुले ब्याख्या गरेर लाइक्स र भ्यूनहरु बटुल्नेको जमातले हामीलाई यस समस्यासंग झनै नजिक पारिरहेको छ ।
हामीलाई साथी चाहिन्छ, समबनध चाहिन्छ, चाडवाड चाहिन्छ, कुरा चाहिन्छ अनि सुन्ने सुनाउने थलो पनि चाहिन्छ । आत्महत्याको पूष्ठभूमि भन्दा जीवनको महत्व बुझ्न जरुरी छ । म भन्ने शव्दभन्दा हामी अनि हाम्रो शव्दको बुझाई र प्रयोग जरुरी छ, जीवन यस्तै हो र सबै ठिकै हुन्छ भन्ने पनि त बुझ्न जरुरी छ ।
भन्न सजिलो छ तर गर्न गाह्रो, भन्नेलाई बेदान्त अनि भोग्नेलाई मरणान्त भन्ने कथन नै छ । एक्लोपनाको पीडा अनि उदासीपनको उपचारमा हामीसबै साथ हुन जरुरी छ नत्र अब आत्महत्या अर्को महामारी भएर आइसकेको छ । आउनुहोस् एक्लोपना र उदासिपनाका बारेमा खुलेर कुरा गरौं, हामी एक्ला छैनौं ।
सुयोग ढकाल
Liked by: