धर्मको कुरा गर्दा सन् १८४३ मा लिएर जान चाहयौं, काल मार्क्सले हेगेलको एलिमेन्ट अफ फिलोसपी अफ द राईट नामक पुस्तकका धारणाहरुलाई काट्दै लेखेका एउटा वाक्य वाट," धर्म भनेंको उत्पीडीत वर्गको सिंग हो, मुटुविहीन संसारको मुटु र आत्माहीन समाजको आत्मा"। यो रुपमा व्याख्या गर्दै धर्मलाई अफिमसंग काल मार्क्सले तुलना गरेका छन् ।
यो पनि हेर्नुहोस् : किन यति धेरै मान्छेहरु दुखी र डिप्रेस्ड छन्
यस प्रकारले काल मार्क्सका भनाईमा त कता कता धर्मलाई राज्यले एउटा हतियारका रुपमा प्रयोग गर्दै गरीब जनताको पीडा पखाल्न र छोप्ने नियतीक रुपमा पनि लिन सकिन्छ । काल मार्क्सको मात्र किन कुरा गर्नु, उता हेगेलले पनि त धर्मलाई राज्य र समग्र संसारको मेरुदण्डका रुपमा व्याख्या गरेका छन् । हुन त काल मार्क्स र हेगेल दुबै चितामा पुगिसके तथापि धर्मको यो बिभेद अनि बिवाद संसारभरि कायम नै छ ।
कोही धर्मका आधारमा शाषन गर्न चाहन्छन् भनें कोही धर्मका आडमा व्यापार, कताकतै त योगअभ्यास, आत्मिक चीन्तन अनि साहित्यलाई पनि धर्मका रुपमा हेरिन थालिसकेको पाइन्छ । केही बर्ष यता भारतमा धर्मको कुराहरु यसतै विवादमा आइरहेका छन्, केही धर्मगुरुहरुको दुराचारका सत्य विवरणसंगै ।
धर्मका नाममा गाई काट्नेहरु माथिको बिभेद, आरोप, कारवाही, अपराध संगै हिन्दु धर्मका हाँगाहरुका ठेकेदार गुरुहरु आशाराम बापु, रामरहीम आदिको सनसनीपूर्ण दुराचारका खबरहरुले धर्मलाई झन बिवादमा ल्याएको छ ।
हिन्दुमात्र नभई लगभग सम्पूर्ण अन्य धर्महरु पुस्तौंसम्म एउटा धर्मगुरु अनि उनका हाँगा अनुयायी र पछ्याउने बिचारकहरुको आडमा चलेको छ । अग्रेंजीमा कल्ट कल्चर भनिने यस्ता बाबाहरुको कमि नेपालमा पनि कहाँ छ र ? मान्छेहरुको बिचार अनि आस्था लगायत दानदक्षिणाका पनि केन्द्रबिन्दु हुने यस्ता कल्टहरु नै पथभ्रष्ट भएका उदहारणहरु प्रश्स्त छ , कोही समाजसामु उजागर हुन्छन् भनें कोही धर्मका आडमा अझै पनि ताण्डव मचाइरहेका छन् ।
शक्ति र सभ्यताको केन्द्र अमेरिकामा नै पनि टेक्सासमा डेभिडियनहरुको हाँगा मानिने डेभिड कोरेशले
७७ जना अनुयायीको हत्या गरेको सत्य रहेको छ । त्यस्तै अमेरिकामानै पिपल्स टेम्पलका जीम जोन्सले ७०० जना अनुयायीलाई बीष पिउन लगाएर हत्या गरेको ईतिहांस छ । बिभिन्न अमेरिकी राजनितीज्ञ देखि केही राष्ट्रपतीसम्म धर्मगुरुका समर्थन अनि साथमा भएका घटना प्रस्ट छ भनें यो क्रममा भारत अनि नेपालमा पनि कुनै कमी छैन, हैन र ?
राजनिती र धर्मगुरुको पेशामा कुनै बिशेष ज्ञान वा योग्यता नचाहिन सक्छ । त्यसमाथी मान्छेहरुको बिश्वास जित्न अनि मन पगाल्न आशा र सपनाको व्यापार पनि गर्न जान्ने अपराधीहरु एकाएक धर्मका
ठेकदार हुन पुग्दछन् । यसो भन्दैमा हामी सम्पूर्ण धर्मगुरुहरु लाई आक्षेप भनें लगाएको आशय बनाँउन चाहन्नौं तथापि एकजनाको गलत कार्यले सम्पूर्ण पेशा या छवीलाई नै धमिल्याउन सक्ने ताकत भनें अवश्य छ ।
धर्म र आगो उस्तै कुरा हुन्, आगो पनि दुई प्रकारको हुन्छ, उज्यालो पार्ने आगो र घर जलाउने आगो
। धर्मको आगो पनि उज्यालोका लागि प्रयोग गरिनु पर्दछ न कि घर जलाउन । धर्मका वारेमा खुल्ला र स्वस्थवर्धक बिचार नआउन्जेलसम्म लाखौं मान्छेहरुको भाग्यमा खेल्ने अपराधी कल्ट अर्थात बाबा या माताहरु आइनै रहन्छन् ।
नेपाल अनि हामी नेपालीहरु पनि यस बिषयमा जागरुक हुन जरुरी छ । कुनै बाबा या माताले टाउकोमा हात राखेर केही मन्त्र पढेकै भरमा दुख्खपीडा भाग्छ भन्नु केवल भ्रम मात्र हो । हरेक मन्दिरमा भगवान नहुन पनि सक्छ, हरेक भिंडमा सत्यता नहुन पनि सक्छ । धर्मलाई जीवनको आधार बनाउने अधिकार सबैलाई छ तर धर्मको नाममा जीवनको सारमाथि प्रशन कसैले उठाँउछ भनें बोल्न सक्नु र जोगिनु हामी सबैको कर्तव्य र जागरुकता हो ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: