मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक
एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहता बाट तथा बराहक्षेत्र १०, सुनसरी स्थित घढसर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बाट भव्य समारोहका बिच समुद्घाटन सम्पन्न भयो।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Liked by: