तिमी छौ र फूलले
मिठो बास्ना छर्दछ।
अन्धकार रातमा
जुनले शान्ति भर्दछ।।
सधैं हिड्ने गल्ली म
एक्लो शून्य मान्दथे।
साथै हिड्दा बजार
मेला जस्तो ठान्दथे।।
मनै हुञ्छ शीतल
उङ्को बोली सुनेर।
फिक्का त्यो जीवनमा
मिठास उन्ले घुलेर।।
जिन्दगीको उकालो
लड्दै उठ्दै बढ्नेछ ।
उनी साथ हुन्दामा
अन्धकार हट्नेछ ।।
मनको भारी गरुङ्गो
चौतारीमा बिसाए ।
उङ्को मेरो मायाको
यात्रा मैले सजाए ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: