बगेको पानी झै बग्न पाए तिम्रै छेउमा हुन्थे म
समयले धोका नदिएको भए तिम्रै साथमा हुन्थे म
मनमा बसेको छ तिम्रो तस्बिर अरु राख्न सक्दिन म
यो मनको पीडा माया तिमिले बुझेको भए तिम्रै अंगालो हुन्थे म
फुलेको फुल पनि ओइलिन्छ,मान्छे पनि एकदिन अबश्य मर्छ
रुप रङको घमण्ड नगरेको भए तिम्रै काखमा हुन्थे म
थाहा छैन माया के हो भमेर बिगतमा धेरै रोएको छु
मायाको परिभाषा सिकाएको भए तिम्रै जीवनसाथि हुम्थे म
Liked by: