एउटा सुगा पिँजडा मा बन्द थियो
मालिक ले दिएको खान्थ्यो
मालिक को गुण गान गाउँथ्यो।
सुनको पिजडा मा बन्धित् सुगा
बाहिरी संसारको स्वतन्त्रता बाट
अपरिचित थियो।
एक दिन आन्दोलनको हुरीबतास चल्यो
सुनको पिँजडा बाट त्यो सुगा पनि मुक्त भए ।
तर आज ऊ गुनासो गाउँदै छ
पिँजडा मा हुँदा खान बस्न समस्या भएन
तर आज गाँस बाँस को लागि
देश बिदेश भौंतारिनु परेको छ।
चाहिएन बरु स्वतन्त्रता र स्वाभिमान
भन्दैछ मालिक आऊ पिँजडा बचाऊ
Liked by: