अस्ताएको सुर्य पछीको सन्नाटा
पशुपति आर्यघाटमा
मान्छेहरूको त्यो भिड !
त्यै भिड लाई साछी राखेर
वाग्मती नदीको किनारमा लम्पसार
अस्ताएका प्राण पखेरू !
आफन्तको विछोडमा
निष्किएका चित्कार संगै
पशुपतिनाथको आरधनामा
गुञ्जिने त्यो शंखध्वज !
कर्ताले पारी किनारमा
धर्म प्राप्तीको दूवाईमा
जलाउँदै गरेको ज्योति !
वारी किनारमा जलाउँदै गरेको
सर्वप्रियको चिता
र आफन्तको विदाईमा
शोकाकुल मौन आफन्तहरू !
पारी शिव तान्डव स्तुति
गुञ्जिरहेको संगितमा
धुमधाम ताली पिट्दै
तान्डव नृत्य गरिरहेका भक्तहरु !
मातम हो या खुशीयाली ?
छुट्टाउनै गाह्रो पर्ने !
सृष्टिकर्ता महादेवको आँगनमा
शिव तान्डव निरन्तर चलिरहेछ
जिवन र मृत्युको परिभाषा बुझाउन
वाग्मती अविरल बगिरहेछ !
वाग्मती अविरल बगिरहेछ !!
Liked by: