घरीघरी आउँछे, फेरिफेरि आउँछे ऊ
पल पल मै, छिन छिन मै आउँछे ऊ
कहिले याद बनेर त कहिले अज्ञात बनेर
कहिले प्रीत बनेर त कहिले गीत बनेर
कहिले सुख बनेर त कहिले दुःख बनेर
कहिले बात बनेर त कहिले मात बनेर
उ मेरो सपना अनि बिपनामा आउँछे
खै के के गरी गरी ,झन झन् मनपरि
उनी मेरी प्राण प्यारी ,मेरी मञ्जरी ।।
लाग्छ ऊ नै अप्सरा ऊ नै परि
यो धरतीमा केवल मेरै लागि झरी
कहिले इसाराले बोलाउँछे
कहिले रिसमा त कहिले खुशीमा आँखा तर्छे,
कहिले नजिकिन्छे त कहिले टाँढिन्छे
कहिले माया गर्छे त कहिले गाली गर्छे
खै के के हो के के, म त बुझ्दै बुझ्दैन
त्यो इशारा नै इशाराको भाषा
के के भन्छे भन्छे ठम्याउनै गार्हो
के के गर्छे गर्छे सधै आफ्नै मनपरी
उनी मेरी प्राण प्यारी, मेरी मञ्जरी ।।
उ बादलुको घुम्टो ओढी
एक सर्को लजाई दिँदा
अनि लजाउँदै मुसुक्क मुस्कुराई दिँदा
त्यो नसालु हेराइले मलाई हेरिदिँदा
म समाल्न सक्दिन आफूलाई
अनि खुशीको बादल बनेर बर्सिन थाल्छु
त्यो सिमसिमे साउने झरी सरी
उनी मेरी प्राण प्यारी, मेरी मञ्जरी ।।
चाहे माया गर चाहे घृणा
चाहे मिलेर चाहे झगडा
जे जे गर, जे मन लाग्छ त्यही गर
तर बस सधै सधै मेरै वरिपरि
उनी मेरी प्राण प्यारी, मेरी मञ्जरी ।।
Liked by: