दु:खी रहन्छ घाँउ कता कता जिन्दगीको
बूझ्नै सकिएन किन यथार्थता जिन्दगिको
नबगे पछी उमंगको लहर उता जिन्दगीको
परिबेश बनेको छ बगर यता जिन्दगीको
कथा भित्रको ब्यथा जस्तो पन्नामै सिमित
कस्ले बुझ्छ कस्को बिबशता जिन्दगीको
जति गुणगान गाएपनि कम्ती लाग्छ आमा
तिम्रो बात्सल्य माया र मामता जिन्दगीको
न एक जाती न धर्म न एक ब्यक्ती बिशेष
काँहा होला सबै अट्ने मानबता जिन्दगीको
तिमी आउनुको कारण प्रस्ट लेखिएको छ
पुरा गरेपछी पो हुन्छ सफलता जिन्दगीको !
देखेर पूर्ण लाग्छ,सम्पूर्ण लाग्छ तिमीलाई
प्रकृतिले कोरिदिएकि सुन्दरता जिन्दगीको
बाटोहरु फरक छन् तर पुग्ने गन्तब्य यौटै,
माझी बिनाको डुंगा पुग्यो कता जिन्दगीको !!
Liked by: