मेरो उमेर ९ बर्ष हुँदा देखि नै
आफ्नो अनुहारमा फेयरनेस क्रिमको झापड हान्दै आएकी छु
अझ फेसवास को हरेक स्पर्श पनि मेरो अनुहारमा झापड झैं भएको छ
कारण मेरो रंग
रंग अर्थात म काली छु
त्यही कालोपनाकै कारणले मलाई नराम्रो भनिन्छ
काला मान्छे नराम्रो हुने भएकाले
म राम्री हुन चाहन्छु
मेरा छातीहरु बैसमा टेकेका अन्य केटिहरुको भन्दा सानो छ
र मेरो दुब्लो कम्मर र नमिलेको तिग्राहरु बिचको स्थान
यिनै कुराहरुलाई आत्मबिश्वासका साथ लिएर हिँड्ने क्रममा
आज म, अर्थात यो काली केटि यहाँसम्म आइपुगेकि छ
मेरो पनि बिचार र आवाज छ
तर मेरा आवाजहरु शुन्यतामा बिलाएका छन्
मलाई भनिएको छ कि राम्रा केटाहरुले
गोरा र चटक्क परेका केटिहरु मात्र मनपराँउछन भनेर
मेरो काकाको छोराले पनि आजभोली खाना खान छोडेको छ
किनकि उसलाई पनि भनिएको छ
कि फिट हुनुपर्दछ भनेर, उ एप्स निकाल्न लागीपरेको छ
स्वस्थ खाएर अनि व्यायाम गरेर एव्स निकाल्नको साटो
शायद खाना नखाएर सुकेर एव्स निकाल्न सजिलो हुन्छ होला
मलाई केटाहरुको उत्ति थाहा छैन
म भने काली छु
जस्तै मेरो आमाले पकाउनुभएको रगं कडा कालो चिया छ
किन हाम्रो छालाको रंगले हाम्रो सुन्दरतालाई निर्धारण गर्ने होला ?
मलाई यो फिटिक्कै मन पर्दैन
पत्रिकामा पनि हेर्दछु
गोरा छाला भएकाहरुलाई राम्रा भनेर देखाइएका छन्
भिडियोमा पनि कालालाई लाईट हालेर गोरा बनाएरै देखाइन्छ
यहाँ पाईला भन्दा नितम्ब ठूलो हुन जरुरी छ
मुटु भन्दा छाती ठूलोको जमाना छ
दिमाग हैन छालाको रंगले
सुन्दरताको तराजु बनाइएको छ ।
मैले त आमालाई भनिसके
मेरा लागि बेहुला हेर्दा
रंग गोरो हैन मन गोरो भएको खोज्नुहोला भनेर
अब त मैले मनमा गाँठो बाँधिसके
अब म हिँउजस्तो गोरागोरी हैन
कालो चियाजस्तो कालै भएपनि
मन सफा भएकालाई साथी बनाँउछु
अब अनुहारमा आँफैले फेसवास र फेयरनेस क्रिमको झापड पनि हान्दिन
किन भने म काली हुन्छु या गोरी हुन्न भनेर आफ्नै ईच्छाले जन्मेको हैन
म अरुलाई माया गर्नु अगावै
अब आँफैलाई माया गर्न
र आफ्नो कुराहरु स्वीकार्न लागी पर्दैछु
हो म काली केटि हुँ
र म सुन्दर छु
अब आँफैलाई माया गर्न
र आफ्नो कुराहरु स्वीकार्न लागी पर्दैछु
अरन्या जोहर
Liked by: