अब बोल्दैनन्,
रामलिहाङ र रिदामाको सालिकहरु !
अब बोल्दैनन्,
रामकुमारी र हाङखिमाको ती तस्वीरहरु !
अनि बोल्दैनन् अब, तिमिसंग
कैयौं आन्दोलन र बलिदानका,
साच्ची यी लाटो सडकहरु !
तिमी इतिहासलाई नै दास बानाउन,
अहोरात्र खटिरहेको छौहरे !
त्यसैले त,
अब कहिल्यै बोल्दैनन् तिमिसंग,
इतिहासका ती जीउँदो खम्बाहरु !!!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: