भौतारिएर गल्ली-गल्ली,
चहार्दै कुना काप्चा,
केही पाउने आशमा दौडिरहेको जीन्दगी
पाएर गुमाएका पलहरु ।
उकाली ओरालीका अत्यास लाग्दा गाथा
अनि फेरि जिन्दगीसंग मिलेको कथा
उचाइमा रमाउदै उडेको मनका अनगिन्ती तृष्णाहरु
मनभित्रै चिहान बनाएका रहरहरु
फेरि त्यही बादल नियाल्दै बर्षाको कल्पना
मडारिएर धुलोमुस्लोमा गुम्सिएका भावना
कथोकल्पित प्रेमको आभास
मात्र भ्रम होला यो उन्नतीको प्रकाश
दाजेंर उ संग मेरो औकातलाई
फेरि दम्भ किन छ यो मनलाई?
भो नगरौं प्रेम त्यो लाछीसंग
म नै सर्वेसर्वा हुँ भन्ने हठीसंग
मात्र एक पल काफी हुनेछ,
मस्तिष्क टुट्नेछ
अनि विस्फोट हुनेछ- यो भ्रमको ।
Liked by: