ए कान्छी सुनन,
धेरै कुरा भन्न मन छ तिमिलाई
त्यो जुनेली रातमा,
तिम्रो छेउमा बसेर तारा गन्न मन छ!
त्यो जुन राम्रो या तिमी जाच्न मन छ ।
तिम्रो ढुकढुकिले मेरो नाम लिएको सुन्न मन छ !!
ए कान्छी सुनन,
तिमिलाई भेटेर धित मरुन्जेल हेर्न मन छ!
तिम्रो आखाको बाटाे गरेर, तिम्रो दिल सम्म पुग्न्न मन छ !
धेरै भयो तिमिले बनाएको नखाएको,
एक कप चियाको चुस्की सङ्गै पिउन मन छ!
ए कान्छी सुनन,
लजाउछाै नामले बोलाउन पनि भन्छेउ,
आज तिमिलाई भेटेर काली भन्न मन छ।
जति टाढा भएपनी भुल्न सक्दिन तिमिलाई,
खै के जादु गरेउ तिम्ले ? सोध्न मन छ !!
एउटा गुलाफ तिम्रो केशमा सिउरिएर,
त्यो फूल भन्दा तिमी कति राम्री छेउ हेर्न मन छ !
ए कान्छी सुनन,
तिमिलाई भेटेर सुनाउने कति कुरा छ्न मेरो,
कानेखुसी गर्दा गर्दै रात छर्लङ्ग पार्न मन छ !
दुख सबै लुकाएर खुसीको एउटा पोको,
तिम्रो हातमा कोसेली राखिदिन मन छ !
एकचोटी तिमिलाई मायाले बेरेर,
Liked by: