घोटिईसकेपछि माटाको डल्लो
कुमालेको चक्रमा
बन्छ घेैला, प्याला या फुलदानी
लिन्छ मूर्त आकार
अनि पाउँछ नयाँ जीवन
र
हुन्छ पुनर्जागरण सृजनाको !
एउटा अवोध मष्तिस्क
उडाउँदै मनभरि चङ्गा
अक्षर ,चित्र अनि शब्दहरूका
पुग्न खोज्छन दूर क्षितिज
भरेर आकांक्षाका अडानहरू
आकाशिन्छन् रहर
र
चलायमान बन्छन् कल्पना !
झुलाउन खोज्छन्
भाग्यका वाला
र
छर्न खोज्छन्
सृजनाको सुगन्ध
खुसीका पटाङ्गिनीमा
बनेर सुनाखरी र गुलाफ !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: