तिम्रो यादमा तड्पिरहेको यो मन ,
तिमीलाई ममाथि माया छ कि छैन भन ।
पर्छु तिम्रो सोचमा जब याद आउछ झन ,
तिमीलाई ममाथि माया छ कि छैन भन ।।
सोच्दा तिम्रो याद यसैगरी हुन्छ कि मरण ,
गर्छु माया तिमीलाई भन्छु छोएर चरण ।
हुने छैनकी लाग्छ मलाई दुई मुटुको मिलन ,
दु:ख माथि दु:ख थपिदिन्छ कि यो जीवन ।।
फूलबनी फुली दिन्छु कि संसार भरिनै ,
मानव रुप भइ माया लाईदिएछु तिमी माथिनै ।
तिम्रो सम्झना तड्पाउछ दिनरात नै ,
कस्तो तिम्रो माया यादआइ दुख्छ छातिनै ।।
______________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: