गाउँ बस्ती सुनसान बने
गए सबै जापान र कोरिया
बाझै बसे खेत अनि खोरिया
उजाड बन्यो वन पाखा
खाडी मुलुक भयो रहर लाग्दा हरिया
को बस्ने गाउँ घरमा आजकाल त सबै सहरिया !
रहर लाग्थ्यो जोत्नलाई भन्थे बाले
जोत्नु पर्छ छोराले सिक आइज ला
अनौ समा,
जोत्दा हलो फर्काउँदा गोरुलाई
भन्ने गरिन्थ्यो आ माले होरी आ
भन्ने गर्थे नसके पनि देशविदेश डुल्न लाई
हलो जोते रै नि गरि खा !
बिते बालापन गोठालो गर्दै डुलेर भिरपाखा
काेही कोही मात्र हुन्थे,
देश परदेश घुमेर आएका
कस्तो हुन्थ्यो तिनका गफ मात्र सुन्न पाएकाे भए।को छ आजकाल देशविदेश नघुमेका
को बस्ला र खै अब त गाउँ घरमा !
बुन्छ सपना,
भर्खरका दुधे बच्चाले भन्छ जानु पर्छ,
युरोप, अष्ट्रेलिया र अमेरिका !
एकै नहुँदो रैछ,
सधैं समय एकनास
देख्न सकिन्छ आँखै अगाडी
समय कति छिटै परिवर्तन भाएकाे
अब त हुने भयाे गाउँ घर सुनसान !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: