सोचेको जस्तो नै हुने भए
आकाश हरियो र धर्ती नीलो हुन्थ्यो
पहिल्यै यी कुराको आभाष थिएन
नत्र मनले किन यो स्वप्नजाल बुन्थ्यो
प्रश्नै प्रश्न मात्रले घेरिरहे
उत्तर कतैबाट पनि आउने आश हरायो
कुन पाप गरेथे मैले जो
यो भाग्यले मलाई एक्लो बनायो
खुशियाली छाओस् भन्ने थियो
चाहना तर दुःखले आफ्नो छाँया फैलायो
आफ्ना सबैले छोडिगए मलाई
निराशापूर्ण भएँ बाँच्ने आशा पनि बिलायो
हरेक पाइलामा हाँसो साथ होला
भन्ने सोचेथेँ तर आँसू मात्र हाथ आए
विरान यो संसार लाग्छ सँधै नै
किनकि न कसैको अपनत्व न माया पाए
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: