मिर्मिरेमा तारा
झर्दै गर्दा
जातो कुनामा
एक डालो माया लिएर
टुसुक्क बस्छिन् र,
ममताको मुठ्ठी गन्दै
आदर्शको मानी समाई
माया र भबिष्य
घुमाई रहन्छिन्
निरन्तर........
फेरी-
उद्देश्यमा पुग्ने
पाइलाहरुले
छातीको ओखलमा
भाग्यको मुस्लीसँगै
सपना, चाहना
कुटी रहन्छिन् ।
छोरी
बुहारी
आमासँगै,
आज्ञापालक छोरी
कर्तब्यनिष्ट बुहारी
आदर्शवान पत्नी
ममतामयी आमा
बन्न सक्छौ भने,
अब-
चौघेराको दिवार नाग्नुपर्छ,
आदर्श,ममता र
बिचारले
बलेसीको घेरा तोड़नुपर्छ ।
आदिम बेदका
नारी प्रतिमाहरुलाई
हामी पुज्छौ र,
तिमीलाई पनि पुज्छौ
त्यसैले-
आज समाजले
नारीहरुको बिकल्प होइन
नारीहरुभित्र पाइने
शक्तिको बिकल्प
खोजीरहेका छन् ।
संसार, देश, क्षेत्रहुदै
समाज, परिवारको
आधा हिस्सा ओगटने
नारीहरुको
क्रान्ति र समृद्धिको निम्ति
आबश्यकता ठानिरहेका छन् ।
चुमुलुङमा झै अटल रहने
तन, मन र
बिचार र आदर्शहरु,
नील नदी झै लामो
ममता र भाबनाहरुसँगै
आदिमकालीन नारी
रूप धारण गरी
रावणहरुको सत्यनाश गर्न सक्छौ
त्यसैले-
देशको बिकास र समृद्धिमा
नारी शक्तिको खाँचो छ।
एउटा ईतिहास रच्न र,
युगान्तकारी परिबर्तनको निम्ति
नारी आफै स्वाबलम्बी बन्दै
शशक्त भएर उठनुपर्छ ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: