सबको मनमा शान्ति फैलाउन
आएँ तिम्रै शरण सत्य मार्गमा
भेद भावको बन्धन हटाउन
जगाई मैत्री करुणा प्रेम भावमा !
वास्तविक जित निकै कठिन छ
अरुलाई जित्नुभन्दा आफूलाई जित्नु छ
शील समाधि र प्रज्ञा मनन गरी
कुशल शुद्ध चित्त सञ्चय गर्नु छ !
ईर्ष्या गर्ने बानीले भलो हुन्न कहिले
छोडौं कुविचार आजै शुद्ध मनले
सुन्दर चित्र सधैं सजाऔं मन भित्र
स्वार्थै स्वार्थ जगतमा पाउँ कल्याण मित्र !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: