बडो सुनसान बनेको छ
आवाज गुन्जने घर खन्डर बनेको छ
अन्न उब्जने भुमिमा झार भरिएको छ
बिहानी पखको घाँस काटन जाने लहर हराएको छ ।
अल्लो पाखा , पल्लो पाखामा गुन्जने गित आज छैन ।
पर्म गर्दै दुख साटने ब्यक्तीको अभाब छ
साच्चै नै मेरो गाउँ अब शून्य बन्दै छ
दिन दुख गरि रातमा अभाब को बात हराएको छ
साथी सहेली भेला भइ भुतको कथा भन्ने , सुन्ने कोहि बाकी रहेन अब ।
थकान मेटाउन गाइने रातको रोधी गित खै कहाँ ?
भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला भन्दै अब कस्ले एकादेशको कथा सुनाउने र ...
साच्चै नै मेरो गाउँ अब शून्य बन्दै छ ।
अब त चरी ले पनि आगन मा बिस्कुन पाउन छाडयो ।
बारिमा तोरि फुलेको नपाएर मौरी पनि आउन छाडे ।
अब त काले दाइको बारिमा काइला दाइको बाख्रा पनि पस्दैन ।
साझको बेला ककड तान्ने जमात नि छैन
गाउमा आजकाल हल्लाखल्ला नि हुदैन
साच्चै नै अब मेरो गाउँ शून्य हुदैछ ।
सबै बेसि झरे रे
काले , काइला दाइ नि
तेसैले अब बाली खाइदिने बाख्रा छैन रे
कर्मठ पाखुरी चलेन रे
तेसैले त तोरि मौरिले पाएन
सबै सहर बसाइ सरे रे
तेसैले त एकादेशको कथा सुन्ने सुनाउने छैन रे
घाँस दाउरा काट्ने ब्यक्ती छैन रे
तेसैले त बनमा सन्नाटा छायो रे
गुन्जयमान हरायो रे
गितार को जमाना आयो रे
तेसैले त मादल अनि झ्याउरे भाका हरायो रे
जरुर साथी बिस्तार , बिस्तारै
जरुर
साच्चै नै अब मेरो गाउँ शून्य बन्दैछ
.........
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: