अब मलाई बिर्सी देऊ भन्थी जाने बेला
हरेक रात कोल्टे फेर्दा सम्झिन बाध्य पारेर गई
आफू गन्तव्य र मलाई यात्री बनाएर गई
मोरिले बन्धकी पनि आफ्नै यादहरू राखेर गई।
हाम्रो नाता यही सम्म सिमित राखुँ भन्थी
जाँदा जाँदै मेरो मायाको ऋण बोकेर गई
मोरीले बन्धकी पनि आफ्नै यादहरु राखेर गई।।
आफू ऋणी र मलाई साहु बनाएर गई
मोरीले बन्धकी पनि आफ्नै यादहरु राखेर गई।।
चलन चल्ती कै हिसाब गरी छ क्यारे
मलाई स्वप्न माया सागरमा रमाउन सिकाए
आफू सर्लक्क मायाको सागर त्यागेर गई
आफू औषधि र मलाई रोगी बनाएर गई
मोरिले बन्धकी पनि आफ्नै यादहरू राखेर गई।।
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनु
Liked by: