अहिलेको समयमा सङ्गीतप्रेमीहरुका लागि युट्युब, गीतका भिडियो हेर्न मात्र नभई सुन्नकै लागि पनि एउटा माध्यम बन्न पुगेको छ । अहिले कुन गीत सफल, कुन गीत असफल भनि ठम्याउन पनि युट्युबबाटै सजिलो रहने गरेको छ । करीब साढे दुइ बर्ष अघि युट्युबमा राखिएको चलचित्र “वडा न ६” को गीत “सुर्के थैली खै”ले लगभग एक वर्षभन्दा बढी समयपछी एउटा इतिहास बनायो, त्यो थियो नेपालको पहिलो गीत जसलाई युट्युबमै १ करोड भन्दा धेरैपटक हेरिएको थियो ।
यो पनि हेर्नुहोस् : चलचित्र "२ रुपैयाँ" समीक्षा
केहि समयपछी उक्त गीतले २ करोडको एतिहासिक आकडापनि पार गर्न सफल रह्यो । तर भनिन्छ नि रेकर्ड यसकारण बन्छन् ताकी ति तोडीउन् । "सुर्के थैली खै" पछी केहि उत्कृष्ट गीतहरुमा पनि १ करोडको आकडा पार गर्ने लहर चल्यो । यसै बर्ष रिलिज भएको 'लूट २"को गीत “ठमेल बजार” ले त झनै २ करोडकै आकडा पार गरेर “सुर्के थैली खै’लार्इ पछ्याउदै छ ।
हुन त नेपाली चलचित्र र नेपाली सङ्गीतले फड्को मारेको छ, कुनैबेला सङ्गीत दिक्दार हुन थालेको हाम्रो उद्योगमा अहिले एकपछी अर्को उत्कृष्ट गीतहरु आउँन थालेका छन् । यस्तै, एउटा उत्कृष्ट गीत बनेर आयो “कुटु मा कुटु" ।
चलचित्र “२ रुपैया”को यो गीत आज भन्दा लगभग ३ महिना अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको थियो । सबै वर्गका दर्शक श्रोताले मन पराएको यो गीतले एउटा नँया किर्तिमान रच्यो । त्यो हो , यो गीत ३ महिना नपुग्दै युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल रह्यो ।
संयोग, सङ्गीतकार राजन राज सिवाकोटीकै रचना रहेको एक गीतले अर्को गीतलार्इ उछिनेको छ । तर जुन बेला “सुर्के थैली खै” ले यो रेकर्ड बनाएको थियो, त्यसबेलाको परिस्थिति छुट्टै थियो । अहिले थुप्रै यस्ता श्रोता दर्शक उदाएका छन् जसलाई त्यसबेला नेपाली सङ्गीतमै खासै रुची थिएन । हाम्रोपात्रो आज यहाँहरुमाझ युट्युबमा अहिले सम्म सर्वाधिक रुचाइएको गीत प्रस्तुत गर्दै राजन राज सिवाकोटी र “कुटु मा कुटु”का सम्पूर्ण टिमलार्इ बधाई ब्यक्त गर्दछ ।
१ . कुटु मा कुटु
२. सुर्के थैली खै
३. ठमेल बजार
४ . साइली
५ . पुर्व पश्चिम रेल
६. काले दाइ
७ . नाइँ मलाई थाहा छैन
८ . सिरैमा सिर्बंदी
९ . कम्मर माथि पटुकी
१०.भन्छु आज
Liked by: