चिसो मरुभुमीको नसुनिएको अथवा सुनेर पनि सुन्न नखोजिएको कथा हो 'थाङ्गला', १७ वर्ष पछिको मञ्चनमा पनि थाङ्गला उत्तिकै जिवन्त छ, परिवर्तन र सामाजिक विकासका आयामहरु आज पनि हिमाल अनि हिमालीहरुलाई चाहिएको कुरा थाङ्गलाले स्पष्ट तरिकाले भनिदिन्छ । कहिले हिमाली लवजमा, कहिले चौरीको घण्टिसंगै, कहिले हिमाली हावा त कहिले छ्याङ्गको स्वादमा । 'थाङ्गला' अर्थात हिमालका देवता, "हिमालमा जे गर्छ मौसमले गर्छ त्यसकारण हिमाली मौसमका कारक विशाल हिमालहरु पुज्ने चलन सदियौ देखि छ । त्यहि हिमाल जसको पारीपट्टि तिब्बत छ अनि त्यहि हिमाल जसको अर्कोतर्फ पहाड अनि तराई छ । नेपाली रगंमञ्चले आजको दिनमा विभिन्न विदेशी भाषाको नाटकहरुको स्वदेशी स्वाद पस्कि सक्दापनि हिमाली अनि तराइका फाँटहरु अनि तिनका सांस्कृतिक, भाषिक अनि चलनचल्तिका गुञ्जनहरू नेपाली रंगमञ्चमा विरलै पाइन्छ तर 'थाङ्गला' एउटा अदभुत कथा हो यावत विषयहरूको व्याख्याकालागि ।
काठमाडौको शिल्पि थिएटरमा बसेर हिमालको एकटुक्रा आकाश अनि हिमाली परिवेशको केही मिलिग्राम अद्भूत स्वाद चाहनुहुभन्छ भने मङ्गलवार बाहेक हप्ताको हरेक बार साँझको ५ पछि अनि शनिवार दिउँसो १ बजे अतिरिक्त समय हिमनाटक 'थाङ्गला'ले यहाँहरुलाई प्रतिक्षा गर्नेछ ।
हाम्रो पात्रोमार्फत आज म सुयोग ढकाल थाङ्गलाका बारेमा केही कुराहरु प्रस्तुत गर्देछु । गएको शुक्रवार थाङ्गलाको प्रथम सार्वजनिक प्रदर्शनमा हिमाली हावा मैले पनि अनुभव गरेको हुँ र त्यो काठमाण्डौको घच्चा घमाशानका बिच हिमालको परिवेशको अनुभव यहाँ अभिब्यक्त गर्दैछु ।
'थाङ्गला' एउटा अाख्यान हो जसका श्रष्टा बरिष्ठ साहित्यकार सरुभक्तसँग शुक्रवार मेरो फोनमा कुरा हुँदा वहाँ काम विशेषले उक्त मञ्चनमा आउन नभ्याउने बताउनुभएको थियो तथापि वहाँको 'थाङ्गला' अनि अन्य कृतीक बारेमा हामीले गरेको अन्तरंग कुराकानी अक्षरस् र श्रवण सामाग्रि समेत 'हाम्रो पात्रो'मार्फत यहाँहरु समक्ष पस्कियाैं पनि साथै हामीले मञ्चन भइरहेको नाटक 'थाङ्गला'का नाट्य निर्देशक अनुप बरालसंग पनि 'थाङ्गला'कै विषयवस्तु केन्द्रित कुराकानी गर्याैं ।
'थाङ्गला' हेरेपछि कस्तो लाग्छ मलाई पनि भन्नु है सुयोग भाई भन्नुभएको मा आदरणीय सरुभक्त सरलाई मेरा कुराहरु यसै लेख मार्फत् प्रस्तुत गर्ने अनुमति चाहन्छुः
पढिएको 'थाङ्गला' झै नाटक मञ्चन हेरेपछि नाट्य 'थाङ्गला' पक्कै हेर्न लायक बनेको छ । १ घण्टा ४० मिनेट आसपासको यस नाटकले हिमालको कुराहरु, संस्कार, सभ्यताहरु, विश्वाशहरु, कठिनाईहरू, भोगाइहरु अनि जनजीवनको जिवन्त रूप पस्कन सफल भएको छ ।
वहुपती प्रथालाई मुख्य आधार मानिएको यो नाटक एउटा अत्यन्त मन छुने वियोगान्त नाटक हो तर वियोगको पीडाका अलावा अन्य धेरै आयामहरु नाटकले बोकेको छ र त्यो नै मञ्चित नाटकको ताकत पनि हो ।
कथा, पटकथा र संवाद
पेम्बाले लोप्शाङ्गलाई रुदै भन्छ : मन्त्र भन्दा माया ठूलो हैन र ?
लोप्शाङ्गसँग उत्तर छैन
पेम्वा लोप्शाङ्गको कान्छो पति हो सामाजिक नियमअनुसार
तर सानैमा आमा गुमाएको पेम्वालाई लोप्शाङ्ग एउटा भाउजु र आमा जस्तो लाग्छ जस्ले उ सानै हुँदा घरमा आएर उसलाई मातृत्वको न्यानो काख दिएकी हुन् । पेम्वा अब ठूलो भयो अब उसले पनि अन्य दुई दाजुभाइहरुजस्तै लोप्शाङ्गलाई राख्नुपर्छ भन्ने मान्यता पेम्वाका दाइहरुलाई छ ।
उसका तिन दाजू मध्ये एकजना भर्खरै तिब्बतवाट फर्केको छ, उस्ले चौरीमा बोकेर ल्याएका कोसेली पातका बोराहरु अझै आँगनमै छ । दाजूहरुका एक छोरा र एक छोरी हुर्किदैं छन् र उनिहरु सगै पेम्बाको मनमा हुर्किदैं छ एकजना अर्कै छिमेकि केटी प्रतिको मोह, पेम्बाका अर्का दाई गुम्बाका लामा हुन भने अर्का चौरी गोठाला । लामा दाइले पेम्बाको लोप्शाङ्ग प्रतिको पत्नीरुपी भावना जागृत नभएको पाएपछि पुजा लगाएर मन्त्र जपेर उनीमाथी हावीभएको दुष्ट आत्मा भगाउन खोज्छन तर प्रेम दुष्ट आत्मा हैन, घरमा घेडा काटिन्छ र सँगै काटिन्छ पेम्वाको प्रेमको आँकुरा ।
यो नाटकले अदभुत कथा बोकेको छ,
हिमालमा मौसम नै देवता हुन
तिमी मेरो को हौ , मलाई यति भनिदेउ ?
यस्ता समय समयमा आउने संवादले मन छुन्छ अनि मायाको एउटा अर्को परिभाषा निचोरिएर कसैको आखावाट त कसैको भावनावाट हृदयमा तप्किन्छ, म भने शब्दले ब्याख्या गर्दैछु ।
कथा, पटकथा अनि संवाद धेरै तगडा छन । पागलवस्ती मार्फत समाजमा रहेको सामाजिक मुखौटा र सभ्यताका अघोषित अनि पिडादायी आयामहरु पाठक मार्फत छरपष्ट प्रस्तुत गरिदिएका सरुभक्तले थाङ्गलामार्फत हिमालको झलक र प्रेमको नया आयाम र प्रेमीहरुको चिसो पृष्ठुमी पस्केका छन् । पेम्वा हिमाली रोमियो हुन अनि उन्कि जुलियटलाई हेर्नलाई र प्रेमीको तातो आशत्ति र चिसो समाजका पानाहरु थाङ्गलाले वर्णन गरिदिएको छ ।
निर्देशन र सेट
निर्देशनमा अनुप वरालले सदाझै न्याय दिएका छन्, अध्यारो थिएटर नाटक अवधीभर हिमालनै हो जस्तो लाग्छ अनि विच विचमा प्रस्तुत गरिएका विम्वहरुले नवोलेरै धेरै कुरा वोलिदिन्छन, दर्शकहरुले ती शुन्यतामा पनि प्रेमको सरल अनुवाद पाउनेछन, थाङ्गला विश्वस्त छ ।
कहिकतै सेटमा अझै हिमालमयी कुराहरु भएकाभए भन्ने कुराहरु खडकिन सक्छ तथापि नाटकका आफ्नै सिमितता नभएका होइनन, नाटक कसैकसैलाई लामो लाग्न पनि सक्छ भने कसैकसैलाई छिटै सकियो भन्ने भान पनि हुन सक्छ तर जे होस नाटक अवधीभरि तपाइहामी हिमालमै रमाउछौ अनि हिमालीलवजका भाषामा विचरण गर्दछौ ।
निर्देशन अब्बल छ र निर्देशकले दर्शकलाई हस्तान्तरण गर्न चाहेका कुराहरु पात्र अनि घटनाका समिकरणहरुले गज्जबले देखाइदिन्छन ।
अभिनय
एक्टर्स स्टुडियोले वास्तवमै एक्टर्स अनि आर्टलभरहरु उत्पादन गरिरहेको छ, त्यस्को दृष्टान्त हो थाङ्गलाको मञ्चन । पात्रहरुमा कुनै खोट छैन अनि उनिहरुले टपक्क टिपेका हिमाली भाषहरुमा स्वाद छ , हिमालको ।
प्राविधिक पक्ष
नाटकमा प्रयोग हुने प्रविधीहरुमा रकेट साइन्स जस्तो यहि र योमात्रै भन्ने पक्कै पनि नहोला । चिसो चिसो हावा पनि घरि घरि आउछ, हिमालमा समय वितेको भान गराउछ अनि हिमाली संगीत र गीतहरु पनि सुनिन्छ ।
धनुवाण देखि रोमान्टीक दृश्यमा नृत्य गर्दा झर्ने हिउका कणहरु पनि नाटकमा देखिन्छ । प्रविधीमा ध्वनी र प्रकशको अदभुत समायोजन नाटकमा देख्न सकिन्छ ।
साराशं
वनाउनेले राम्रो वनाएपनि हेर्नेहरुले ताली र गाली नदिएसम्म श्रृजनाको महत्व हुदैन, यो श्रृजना हेर्न जानैपर्नेखाल्को छ, विशेषतः काठमाडौमा वसिरहेका हरुले हिमाली परिवेश र प्रेमको संयोग बुझन र कलालाई मायागर्न चाहन्छौ भने १ घन्टा ४० मिनेटको थाङ्गला, शिल्पी थिएटरमा तपाइलाई पर्खिवसेको छ ।
सरुभक्त, अनुप वराल, देव न्यौपाने लगायत समस्त थाङ्गला परिवारलाई वधाई ।
हाम्रो पात्रोमा थप रंगमञ्चका खबरहरु लिएर आउदै गर्नेछौ
ल्हासो
Liked by: