सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ"मा आधारित चलचित्र बन्ने भएको छ । आज बानेश्वर स्थित इन्द्रेणी ब्यान्क्वेटमा निर्माण पक्षले औपचारिक रूपमा चलचित्र घोषणा गरेका थिए ।
चलचित्र समर लभमा सुबिन भट्टराईको कथालार्इ न्याय निर्देशक मुस्कान ढकालले दिनेछन् भने युवाहरुमाझ लोकप्रीय पात्र अतित र सायाको भूमिकामा भने नव कलाकार आशिष पिया र रेवती क्षेत्री देखापर्नेछन् ।
अतित र सायाको भूमिकाको लागि दुवै कलाकारले कडा मेहेनत गरिरहेको उक्त प्रेस रिलिज कार्यक्रममा दुवैले उल्लेख गरे ।
उपन्यासमा आधारित भएर चलचित्र बनेको यो पहिलो पटक हैन , तरपनि युवापुस्ता ले धेरै नै रुचाएको यो कथालार्इ ठुलो पर्दामा उतार्न निर्माण पक्षको लागि कडा चुनौती हो । हाम्रो पात्रो निर्देशक मुस्कान ढकाल र उनको टिमलार्इ शुभकामना प्रदान गर्न चाहान्छ ।
चलचित्र समर लभको बारेमा थप कुराकानीहरु जान्नको लागि हामीले निर्देशक मुस्कान ढकाल र उपन्यासका लेखक सुबिन भट्टराईसँग कुराकानी गरेका थियौ । यहाहरुले कुराकानी बृस्तित रूपमा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
Liked by: