"बाटो मुनिको फुल" र "सायद" जस्तो सफल चलचित्रहरु निर्देशन गरेका निर्देशक सुरज सुब्बा "नाल्बो"को नँया चलचित्र रातो घर यो हफ्ता सिनेमा घरहरुमा प्रदर्शनमा आएको छ । युवा कलाकारहरुको टोलि लिएर केहि समय अघि निर्माण भएको चलचित्र रातो घर भर्खर मात्र नेपालमा प्रदर्शनमा आएको हो । आज हाम्रो पात्रोको समीक्षामा हामि समीक्षा गर्दैछौ नाल्बो निर्देशित ग्यांगस्टर चलचित्र रातो घरको ।
प्लट
कोमल मन भएका झखमले अर्थात विल्सन बिक्रम रार्इ लिड गर्छन अन्डरवर्ल्डमा उदाउन खोजिरहेको गुलेली ग्यांगलार्इ । उनको ग्यांगमा संयम पुरी , गौरभ पहाडी , विकेश श्रेष्ठ सबै जनाको आआफ्नै कथा छ । सुरुमा गुलेली ग्यांग काम गर्छन झापाली (अनुराग कुँवर)को लागि , तर पछी गुलेली ग्यांगको केहि कार्यहरुले गर्दा झापाली र उनीहरुको समूह बीच तनाब उत्पन्न हुन्छ र त्यसपछि चलचित्र यी दुर्इ समूहले एक अर्कासंग लिने बदला तर्फ केन्द्रित छ ।
यो पनि हेर्नुहोस् : कस्तो बनेको छ एक सटमा चलचित्र जालो ? – समीक्षा
कथा पटकथा संवाद
निर्देशक नाल्बोले नै लेखेको चलचित्रको कथा र पटकथा इन्गेजिंग छ । साथीभाईको कथा , रोमान्स , एक्सन र राजनीति भरिएको उनको कथा अहिले निर्माण भैरहेका नेपाली चलचित्रहरु भन्दा पृथक भएपनि खास उल्लेखनीय पृथकता नहुदा दर्शकले यस किसिमको थुप्रै बिदेशी चलचित्रहरु हेरिसकेको चलचित्र हेर्दा दर्शकलार्इ अनुभूति हुनसक्छ । चलचित्रको पटकथा ठिक ठाक छ , सुरज सुब्बाले पटकथालाई थप सशक्त बनाउन सक्ने प्रसस्तै ठाउँहरु थियो , तर उनले पटकथामा ट्वीस्टहरु ल्याउन नखोजिकन सरल नै छाडेका छन् त्यसै कारण पनि उनको चलचित्र ठाउँ ठाउँमा अनुमानित हुन पुग्दछ ।
चलचित्रका संवादहरु आकर्षक छन् । विल्सनको भागमा परेका संवादहरुले दर्शकलार्इ खुब हसाउछ अनि बेला बखत दर्शकको आँखा पनि रसाउछ ।
कलाकार
झखमाले अर्थात् विल्सनले आफ्नो पात्रलार्इ न्याय गरेका छन् । चलचित्रको मुख्य पात्र विल्सनको प्रस्तुतिले दर्शकको मन जीत्नेछ । संयम पुरी उत्कृष्ट छन् , आफ्नो एन्ग्री यंग म्यानको चरित्रलार्इ उनले पर्दामा मज्जाले प्रस्तुत गरेका छन् । झापालीको पात्रमा अनुराग कुँवर सुहाएका छन् । रिचार्ज कार्ड चोर र लुगा चोर भनिएको गौरभ पहरी र विकेश श्रेष्ठलार्इ त्यसरी चिनाउनुको कुनै अर्थ त देखिदैन तर दुवैले राम्रो काम गरेका छन् । त्यसबाहेक चलचित्रमा मेनुका प्रधान छिन् र उनको काम जुनसुकै चलचित्रमा हेरिसकेपछि सबै दर्शकहरुले गर्ने एउटी काम हो , उनको तारिफ । बाकि सहायक कलाकारहरुले पनि राम्रो काम गरेका छन् ।
प्राविधिक पक्ष र संगीत
चलचित्र खिचिएका लोकेसनहरु आकर्षक छन् , चलचित्रमा छायांकन पनि अव्वल दर्जाको भएको छ । ब्याकग्राउण्ड म्युजिकले चाहिएको थ्रिल महसुस गराउन सफल छ । सम्पादन पनि अव्वल छ । एक्सन न्याचुरल लाग्दछ । चलचित्रमा संगीत को कुरा गर्न पर्दा “झक्कास झापाली” बाहेक अरु गीतले प्रभावित गर्दैनन्।
निर्देशन
न्यास्नल अवार्ड विनर निर्देशक सुरज सुब्बाले रातो घरलार्इ एउटा इन्गेजिंग चलचित्र बनाउन सफल भएका छन् । तर चलचित्रमा उनको नाम जोडिएसंगै थुप्रै अपेक्षाहरु बढ्ने गर्दछन , रातो घर त्यस कारणले भने थोरै चित्त नबुझ्न सक्छ। चलचित्रमा थ्रिल त महसुस हुन्छ तर नाल्बोको यसअघिको चलचित्रमा भएको थ्रिल भन्दा निक्कै कम । उनले पटकथा अझ सशक्त बनाउने कुरामा थप ध्यान दिन जरूरी थियो ।
समग्रमा रातो घरले दर्शकको दुइ घण्टा मनोरञ्जन त गर्छ तर अपेक्षा बोकेर गएका दर्शकले यो चलचित्रबाट नाल्बोको स्तरको खासै केहि पाउदैनन् ।
Liked by: