केही दिनअघि वीरगन्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी ज्यान गुमाएका वीरगन्ज महानगरपालिकाका वारुणयन्त्रका कर्मचारीहरूको परिवारलाई चलचित्र ‘राज्जा रानी’ र भोर कम्पनीले आर्थिक सहयोग गरेका छन् ।
राज्जा रानी सिनेमा र भोर कम्पनी प्रा लिले वीरगंजको सुपर ग्यास उधोगमा भएको आगलागीमा परी ज्यान गुमाएका कर्मचारीहरुको परिवारका लागि ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । भोर कम्पनी प्रा. लि का सिईओ राज कुमार महतोले वीरगंजका आदरणिय मेयर विजय कुमार सरावगी ज्यूलाई ५० हजार रुपैयाको चेक १० पुस २०७४, सोमवारका दिन हस्तान्तरण गरेका छन् ।
चलचित्र "राज्जा रानी" यहि पौष २१ गतेबाट देशब्यापी रूपमा प्रदर्शनमा आउँदैछ ।
Liked by: