रेखा थापा अभिनित “पलाँस” यो शुक्रवारबाट देशब्यापी रूपमा प्रदर्शनमा आएको छ । आयुब केसी र कामेश्वोर चौरसियाले रेखालार्इ साथ दिएको यो चलचित्र कस्तो बनेको छ , जानौं चलचित्र पलाँसको समीक्षामा ।
प्लट
घमण्डी र महत्वकांक्षी रेखा थापा अर्थात सम्झनालार्इ उसकै टोल छिमेकमा बस्ने कृष्ण अर्थात आयुब केसीले माया गर्दछ । तर अयुबको प्रेमलार्इ सीधै अस्विकारगर्ने सम्झनाको एकदिन बिबाह हुन्छ र आयुब आफ्नो गाउँमा रहेको रेखाको यादबाट टाढा भारत गएर काम गर्न थाल्छ , कथाले नयाँ मोड तब लिन्छ जब केहि समयपछी अयुबले भारतकै एक कोठीमा रेखाले आफ्नै शरिर बेचेर बसेको भेट्दछ । खतरनाक कामेश्वोर चौरसियाले संचालन गरेको उक्त कोठीमा अयुबले रेखाले भेटेपछि के के हुन्छ त्यसको लागि यहाँहरुले चलचित्र “पलाँस” हेर्नपर्ने हुन्छ ।
कथा , पटकथा र संवाद
पलाँसको कथाले चेलीबेटी बेचबिखन जस्तो संवेदनशील मुद्धालार्इ उठाएको छ , त्यसबाहेक एकतर्फी प्रेमको कथा ठुलो पर्दामा आउदा प्राय दर्शकले यसलाई रुचाउने गर्दछन ,यो चलचित्रमा पनि आयुब केसीको एकतर्फी प्रेमकथा दर्शकको मनसँग जोडिने छ । पटकथा भने यो चलचित्रको इन्गेजिंग छ, खासगरि पहिलो हाफमा । दोस्रो हाफ कता कता अलि बोरिंग हुनपुगे पनि दर्शकको ध्यान भने चलचित्रबाट भट्किदैन । पटकथाको एउटा कमजोरी के हो भने एकातिर पहिलो हाफमा कथा अगाडी नबढेको प्रष्ट महसुस हुन्छ भने दोस्रो हाफमा कथा जम्प भैरहेको आभास हुन्छ । क्लाइमेक्स त झन् फिक्का भएको छ , चलचित्रले सुरु भएदेखि कायम गरिआएको दर्शकको इन्ट्रेस्ट अन्तमा फिक्का हुन जादँछ । कामेश्वोर चौरसियाको संवाद यो चलचित्रको मेरुदण्ड हो, मुख्य त कमल देबकोटा र कामेश्वोर चौरसियाकै भागमा परेका संवादहरु उत्कृष्ट छन् । अव्वल संवादहरुले यो चलचित्रको कथा र पटकथालार्इ राम्रो साथ प्रदान गरेको छ ।
अभिनय
रेखा थापा आफ्नो चलचित्रको नायक नै हुने गर्दछिन् , तर पलाँसमा उनको भूमिका अलि भिन्न छ , उनि गाउँ कि महत्वाकांक्षी केटिको रूपमा नि फिट छिन् र कोठीको रानीको रूपमा पनि । अन्तमा उनको दर्शकसामुको इमेजकै लागि उनि थोरै भएपनि एयाक्सन गर्न तिर लाग्दछिन्, त्यो दृश्य चलचित्रको कथामा अलि मजा नआएपनी उनको फ्यानहरुको लागि दमदार दृश्य बन्न सक्छ । अयुब केसीले आफ्नो भूमिका सरलता पुर्वक निर्बाह गरेका छन् । प्रकाश घिमिरे सदाझै उत्कृष्ट छन् र चलचित्रमा बाकि सबै सहायक कलाकारले उत्कृष्ट काम गरेका छन् । कलाकारमा दुर्इ उल्लेख गर्नेपर्ने नाम भनेको कमल देवकोटा र कमेश्वोर चौरसियाको हो । पहिलो हाफमा कमल र दोर्सो हाफमा कामेश्वोरको उपस्थितिले चलचित्रमा ज्यान भरेको छ ।
प्राविधिक पक्ष र संगीत
सुशन प्रजापतिको छायांकन अव्वल छ , उज्ज्वल ढकालको सम्पादनमा भने कतै कतै थप काम गर्न सकिने थियो । सानु कुमार महर्जनको एयाक्सन ठिक छ । तर चलचित्रमा ब्याक्ग्राउन्ड स्कोर भने खासै स्तरीय हुनसकेको छैन , प्रयोग भएका म्युजिकहरु त्यति सुहाउदा छैनन भने सानो सानो एम्बियाँस साउण्डहरु सुन्दा अनौठो लाग्ने खालेछन् । स्कोरले खासै प्रभाव पार्दैन।
चलचित्रमा गीतहरु जम्मा दुइवोटा मात्र छन् र दुवै गीत ठीकठाक छन् ।
निर्देशन
निर्देशक सुबास कोइरालाले पलाँसलार्इ एउटा भिन्न रूप दिन निक्कै मेहेनत गरेका छन् ,तर ठाउँ ठाउँमा मात खाएका छन् । मुख्य कुरा त चलचित्रमा लोकेसन छनौट राम्रो भएको छैन , कन्भिन्सिङ छैन । मटकि हण्डी फोडेको दृश्यपछी पहाडी लोकेसनमा भएको दृश्यले कन्फ्युज बनाउछ । अर्कोकुरा क्लाइमेक्ससम्म आइपुग्दा फिल्म खस्किदै खस्किदै गएको छ र चलचित्रको एन्डिङ धेरै दर्शकहरुलाई चित्त नबुझ्न सक्छ । जब निर्देशकले रेखाको इमेजको लागि क्लाइमेक्समा उनको एयाक्सन सिन राख्न सक्छन् भने चलचित्रको अन्त्य त्यस किसिमले हुनुमा लजिक भेटिदैन ।
पात्रहरुको छनौट र उनीहरुबाट अव्वल प्रस्तुति निकाल्न भने निर्देशक सफल भएकै छन् ।
समीकरण
पलाँसरेखा थापाका पछिल्लो चलचित्रहरु भन्दा भिन्न छ , हेरुन्जेल चलचित्रले जसोतसो बाधेर राख्छ तर कम्जोर अन्तले धेरै दर्शकहरुलाई खिन्न बनाउन सक्छ । सिंगल स्क्रिनमा यो चलचित्रको राम्रो प्रभाव रहन सक्छ । फिल्ममा केहि कुराहरुमा लजिक भेटिदैन त्यहि पनि यो चलचित्र दर्शकहरुले एकपटक भने हेरेर मनोरञ्जन पाउन सक्छन ।
रेटिंग : २.५/५
Liked by: