नेपालको चर्चित लोक रक समूह ‘नेपथ्य’ दोस्रो पटक यही १२ अगष्ट आईतबार हुने साङ्गीतिक कार्यक्रम "नेपथ्य लाइभ इन दोहा"का लागि कतार आइपुगेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल अधाको दोस्रो दिन ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा हुने सांगीतिक प्रस्तुति दिन कतार एयरवेजको ६५३ को जहाज मार्फत् अमृत गुरुङ सहितको नेपथ्य टोली स्थानीय समयानुसार २:३० बजे कतार आइपुगेको हो।
लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा उक्त कन्सर्ट हुँदैछ । सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गीतहरु सबै उमेर समूहका नेपालीमाझ लोकप्रिय रहेको छ ।
साङ्गीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी रहँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत सङ्गीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोस्रो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसर बाँकी नराख्ने आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले हाम्रो पात्रोसंगको कुराकानीका क्रममा बताउनु भएको छ ।
कार्यक्रमको नाम: नेपथ्य लाइभ इन दोहा
मिती: बकर ईदको दोस्रो दिन
समय: साँझ ५ बजे
स्थान: सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटर
टिकट दर: ३५, ५० र १०० रियाल
Liked by: