यो साताको रिलिज लप्पन छप्पनको ट्रेलर हेरेपछि चलचित्र हेर्ने एक किसिमको उत्साह जागेको थियो । स्टारकास्ट देखि लोकेसन उच्चस्तरको रहेको यो चलचित्रमा एउटा फुल अन कमर्सियल सिनेमामा हुने लगभग सबैकुरा भएको ट्रेलर हेरेरै अनुमान भएको थियो । आजबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको यो चलचित्र कस्तो बनेको छ त , जानौं यो चलचित्रको समीक्षामा।
प्लट
"बाका" अर्थात सौगात मल्ल कुनै बेला नेपालमा मन्त्रिको हत्या गरेपछि जसो तसो बेल्जियम पुगेको छ , अहिले ऊ त्यहि गलत कामहरु गर्ने गर्दछ । एकदिन उसले आफ्नो ह्याकर प्रेमिकालार्इ (वर्षा सिवाकोटी) एउटा अर्को मन्त्रिको बैंकमा भएको पैसा ह्याक गर्ने सोचमा नेपाल पठाउँछ । यहाँ वर्षाले २ नेपाली ह्याकरलार्इ भेटछिन् र उनीहरुको साथ लिएर मन्त्रिको ल्यापटपमा भएको डाटा नेपालबाट चोरेर बेल्जियम फर्किन्छिन् । उनले आफुलाई साथ् दिएको २ नेपाली ह्याकर (प्रकास जंग शाह र सिड खरेल) लार्इ पनि बेल्जियम लान्छिन् । त्यसपछि नेपालबाट सिबिआइ दयाहांग राई बाकालार्इ अरेस्ट गर्न त्यहि पुग्छन । त्यसपछि चलचित्रको कथामा आउने थुप्रै ट्वीस्टहरु बुझ्नको लागि यहाँहरुले चलचित्र लप्पन छप्पन हेर्नपर्ने हुन्छ ।
कथा पटकथा संवाद
प्रवेश पौडेलको कथा अहिले नेपाली चलचित्रहरुमा हुने भन्दा बिल्कुलै फरक छ , उनको पटकथा पनि एकदम धेरै उतार चढावले भरिपुर्ण छ , दर्शकको ध्यान चलचित्रबाट भट्किदैन । संवादहरु पनि निक्कै राम्रा छन् , उनले स्थापित गरेको पात्रहरु पनि रोचक छन् , यस्तोमा यहाँहरुलाई लागिरहेको होला चलचित्रको स्क्रिप्ट निक्कै अव्वल रहेछ । तर तेसो अलि हुन सकेको छैन किनभने चलचित्र दोस्रो हाफमा निक्कै अनुमानित हुन पुग्दछ र कथा, पटकथा राम्रो त छ तर लेखकले यसलाई सशक्त बनाउन भने सकेका छैनन् । पहिलो हाफमा चलचित्रले स्थापित गरेको स्तरले दर्शकलार्इ धेरै अपेक्षा गर्न बाध्य बनाउछ र दोस्रो हाफमा प्राय सबै कथा अनुमानित हुन पुग्दा दर्शकको अपेक्षा अलि कायम नहुन सक्छ । तर समग्रमा लेखक प्रवेश पौडेलको प्रयास राम्रो छ ।
कलाकार
सबै कलाकार हरुको पर्फर्मेन्स अव्वल छ । खासगरी सौगात मल्लले धेरै पछी आफ्नो स्तरको प्रस्तुति दर्शकहरुमाझ पस्केका छन् । अर्को उल्लेख गर्ने पर्ने नाम वर्षा सिवाकोटीको हो उनले बेबीको भूमिकामा आफुले पहिला कहिले नगरेको काम निक्कै मजाले गरेकी छिन । उनको यो अवतारको धेरैले तारिफ गर्नेछन । त्यसबाहेक अर्पण थापाले आफ्नो भूमिका राम्ररि नै निभाएका छन् । दयाहांग राई भने पहिलो हाफमा खुब रमाइलो लाग्दछन् ,दोस्रो हाफमा कथाको माग अनुसार उनले काम राम्रै गरेका छन् , उनको अ्याक्सन सिनहरु उनका फ्यानले खुब इन्जोय गर्नेछन । डेब्युटाँट प्रकास जंग शाह र सिड खरेलले राम्रो काम गरेका छन् ।
प्राविधिक पक्ष र संगीत
चलचित्रमा छायांकन अव्वल छ , युरोपका दृश्यहरु हेर्दा मजा आउदछ । एडिटिंग पनि राम्रो छ , फिल्मको पेस निक्कै राम्रो लाग्दछ । भिएफएक्सको कुरा गर्नु पर्दा नेपाली चलचित्रहरुमा भईरहने इफेक्ट भन्दा यो चलचित्रको इफेक्टहरु धेरै गुना राम्रो छ , कन्भीन्सिंग छ । ब्यक्ग्राउन्ड स्कोर ठाउँ ठाउँमा अझ शशक्त हुनसक्ने प्रयाप्त ठाउँ थियो । डबिंग भने ठाउँ ठाउँमा बिग्रिएको छ ।
चलचित्र का तीन गीतहरुले चलचित्रलार्इ राम्रो साथ् दिएका छन् ।
निर्देशक
एउटा स्टाईलिस् ग्यांग्स्टर सिनेमा बनाउनु निक्कै रिस्की कदम हो। निर्देशक मुकुन्द भट्टको यो प्रयास तारिफयोग्य छ , उनको सिनेमामा त्यो किसिमको स्टाइल छ जुन बिरलै नेपाली चलचित्रमा देख्न सकिन्छ । तर पनि केहि दृश्यहरुमा सुधार गर्न पर्ने ठाउँ थियो . उनको काममा कतै कतै केहि कमि भएको महसुस त हुन्छ तर पनि समग्रमा उनले यो चलचित्रलार्इ न्याय दिएका छन् ।
समीकरण
लप्पन छप्पन अहिलेका युवा पुस्ताले रुचाउन सक्छन । विदेशका दृश्य भएकाले अंग्रेजी संवादहरुको धेरै प्रयोग भएको छ जसले गर्दा सिंगल स्क्रिन दर्शकहरुलाई मजा नआउनसक्छ । स्टाइलिस ग्यांग्स्टर फिल्म हेर्न रुचाउने दर्शकको लागि यो चलचित्र उत्कृष्ट रहन्छ , नेपालमा सायदै एसअघी यतिको स्टाइलिस ग्यांग्स्टर फिल्म बनेको छ । थप दमदार दृश्यहरु भएका भए चलचित्र झन् अव्वल बन्ने थ्यो ।
रेटिंग ३/५
Liked by: