टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ’कथा काठमाण्डौ’को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ’कथा काठमाण्डौ’ पछिल्लो समय चर्चामा छ । रातको कुरा , जुन अनि तारालाई र त्यसपछी टाइटल गीत ’कथा काठमाण्डौ’ रिलिज पछी ट्रेलर समेत सार्वजनिक गरिसकेको युनिटले अब मोफसलमा आफ्नो प्रचारलाई अगाडी बढाउदैछ ।
भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी , धरान , दमक , हेटौडा , नारायणगढ , बुटवल , दाङ र पोखरा लगायतका सहरमा पुगेर फिल्मको बारेमा जानकारी गराउनेछ । युनिट मोफसल टुर अन्तर्गत नै पथरी , धरान , चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।
आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।
संगीता श्रेष्ठ : हामीले फिल्म भिन्न भिन्न तिन कथालाई अगाडी ल्याउने कोसिस गरेका छौ । केहि कथा र घटना हाम्रो अगाडी नै हुन्छ तर त्यसमा हामी न बोल्न सक्छौ नत प्रतिकार नै , त्यस्तै केहि दबिएका कथा छन् यसमा । फिल्मले केहि पछिल्ला घटनालाई पनि रिलेट गर्छ , मर्मको हिसाबले । यो फिल्म मनोरंजन मात्र नभई एउटा संदेश पनि छ , एउटा साहस पनि छ यसमा । यसैले गर्दा पनि हामी युनिटनै मोफसलमा स्थानीय मिडियाकर्मी तथा दर्शकसँग साक्षात्कार गर्न भाद्र २२ बाट मोफसल टुरमा निस्किदैछौ ।
Liked by: