"Let There Be Light" यो बर्ष एकादेशमा महोत्सवको मुख्य थीम पनि हो । चलचित्रमा प्रकाशको भूमिका मुख्य रहन्छ । त्यस्तै केहि ओझेलमा परेका या भनौं धेरै मान्छेहरुलाई थाहा नभएका समाजका केहि कथाहरुलाई प्रकाश पार्ने किसिमका ३४ चलचित्रहरु यस अंश अन्तर्गत प्रदर्शन गरिनेछ ।
नेपालकै एउटा चर्चित लघु चलचित्र महोत्सव "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को पाचौं संस्करण यहि शुक्रवारदेखि राजधानीको कुमारी सिनेमा हलमा सुरु हुदैछ । सोमवार नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा आयोजक टिमले यस पाचौं संस्करणको विवरणहरु वृस्तीत रुपमा खुलाएको थियो ।
आयोजक टिमको भनाइ अनुसार देश तथा विदेशबाट आएका सैयौं चलचित्रहरु माझबाट उत्कृष्ट ९९ चलचित्र छानेर अब प्रदर्शन गर्न लागेका हुन् । यी ९९ चलचित्रहरु "Let There Be Light", "Changing Perspective", "Future Of Cinema" र "Power" गरि चार अंशमा चलचित्रको थीम अनुसार विभाजित गरिएको छ ।
"Let There Be Light" यो बर्ष एकादेशमा महोत्सवको मुख्य थीम पनि हो । चलचित्रमा प्रकाशको भूमिका मुख्य रहन्छ । त्यस्तै केहि ओझेलमा परेका या भनौं धेरै मान्छेहरुलाई थाहा नभएका समाजका केहि कथाहरुलाई प्रकाश पार्ने किसिमका ३४ चलचित्रहरु यस अंश अन्तर्गत प्रदर्शन गरिनेछ । जसमध्य १४ चलचित्रहरु कुमारी सिनेमा हलमा नियमित प्रदर्शन हुनुसंगै काठमाडौँ, ललितपुर र भक्तपुरको दरबार स्क्वायरमा पनि स्थानीयलार्इ लक्षित गरेर प्रदर्शन गरिनेछ ।
त्यस्तै "Changing Perspective"अंशमा भने अप्रचालित अभिव्यक्ति बोकेका, गहन काल्पनिकता बोकेका केन्द्रित कथन शैलीलाई आत्मसाथ गरेका २० लघु चलचित्रहरु परेका छन् । यी २० चलचित्रहरु बीच एक आपसमा प्रतिष्पर्धा चल्नेछ जसलाई निर्णायक नायिका मनिषा कोइराला, पाउलो बर्टोलिन र मोस्तफा सर्वार फारुकीको ज्युरी प्यानलले हेरेर यी मध्यको सर्वोत्क्रिष्टलार्इ पुरस्कार समेत प्रदान गरिनेछ ।
अर्को अंश रहेको छ "Future Of Cinema", यस अंशमा चलचित्र अध्यनरत बिद्यार्थीहरुले अध्यनकै क्रममा बनाएका उत्कृष्ट १७ चलचित्रहरु प्रदर्शन गरिनेछ । यस अंशमा पर्न सफल चलचित्रको निर्णायक प्यानल भने नेपाली चलचित्रकि सफल नायिका नम्रता श्रेष्ठको अगुवाईमा रहनेछ ।
"Future Of Cinema" एकादेशमा को चलचित्र अध्यन गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने एउटा प्रयास पनि हो ।
एकादेशमाको अन्तिम अंश भने "Power" भन्ने रहेको छ, यस अंशमा नारि शक्ति या नारि केन्द्रित चलचित्रहरु प्रदर्शन गरिनेछ । यो अंश एकादेशमाले यहि वर्षबाट सुरु गरेको हो । यस अंशमा १८ नारि केन्द्रित चलचित्रहरु प्रदर्शन गरिनेछ ।
यी विधाहरु बाहेक एकादेशमाले हरेक संस्करणमा कुनै एउटा देश लक्षित गरेर त्यहाँका चलचित्रहरुलाई पनि महोत्सवमा समावेश गर्दै आइरहेको छ । पोहोर साल भुटानको केहि चलचित्रहरुको स्वाद नेपाली दर्शकले लिन पाएका थिए भने यो बर्ष नेपाली चलचित्र प्रेमीहरुले बंगलादेशका स्तरीय चलचित्रहरु हेर्न सक्नेछन् ।
एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव यहि शुक्रवारदेखि आइतवारसम्म चल्नेछ । महोत्सवको ओपनिंग सेरेमोनी भने बिहिबार साँझ आयोजना हुदैछ । ओपेनिंग सेरेमोनीमा A Gentle Night, Retouh, Taste Of Love र Silver Bangles गरि ४ लघु चलचित्रहरु प्रदर्शन गरिनेछ भने यो महोत्सवको समापन समारोहमा विजेता चलचित्रहरुलाई अवार्ड दिनुका साथै 8 Minutes, You Are Seeing Things, Time Code र A Curious Girl गरि ४ चलचित्र पनि प्रदर्शन गरिने जानकारी एकादेशमाका आयोजक टिमले हाम्रो पात्रोलार्इ जानकारी दिएका छन् ।
एकै छाना मुनि ९९ स्तरीय चलचित्रहरुको स्वाद लिन सक्ने यो मौका कुनै चलचित्र प्रेमीले नचुकाउनु होला, मंगसिर १, २ र ३ गते कुमारी सिनेमा हलमा आफ्नो सहभागिता अवश्य जनाउनु होला । "एकादेशमा"संगको "हाम्रो पात्रो"को सहकार्यलार्इ यस बर्ष पनि निरन्तरता दिदै हाम्रो पात्रोले मिडिया सहकर्मी भइ एकादेशमालार्इ साथ दिदैछ । हाम्रो पात्रो आयोजक टिमलार्इ अग्रिम शुभ कामना ब्यक्त गर्दछ । एकादेशमाको ताजा अपडेटको लागि हाम्रो पात्रो प्रयोग गर्दै गर्नुहोला ।
Liked by: