Aastha Raut Aadhat 2 Launch | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक




म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक



काठमाडौं । गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत ‘झ््याम्म झ््याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । ‘जोकोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायकगायिकाको हो कि होइन भन्ने अन्यौल हुन्छ । किनकी त्यस्तै किसिमको स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’हरिवंशले भने, ‘तर आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’

त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए । ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ््लेभर पाउँछौं’, उनले भने । आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तो सुकै फ््लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताउनुभयो ।

एलबममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन्् । यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड््का फिचर्ड छन्् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.