आहाः एउटा मज्जाको गीत | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

आहाः एउटा मज्जाको गीत




   Suyog Dhakal - Apr 04 2017

खुशी लाग्दा, उत्साहमा अनि उत्सर्गमा आहा, हाम्रो अभिब्यक्ति हो ।
आहा एउटा अभिब्यक्ति हो र यसै अभिब्यक्तिमा एउटा आहा नै लाग्ने गीत सुप्रसिद्ध गायक सनुप पौडेलले हामीमाझ पस्किएका छन्, यसपाला ।

जिस्केको हैन, कुरा हो साँचै
भर नलागे लगाँउला ल्याप्चे

एउटा प्रेमीको आफ्नो प्रेमीका प्रमीकालाई गरिएको मिठो मायालु अभिब्यक्ति नै हो, आहा । ल्याप्चे लाएर भए पनि माया जताउने यी मायालु जोडीको प्रेमील अभिब्यक्तिलाई सनुप पौडेल र शुस्मा राईले आफ्नो आवाज मार्फत ब्यक्त गरेका छन् । गीतको मुख्य पक्ष भनेको एउटा आधुनिक प्रकारको दोहेरीको प्रतिरुप हो, यहाँ प्रेमी र प्रेमीकाले पालैपिच्छे आआफ्ना भावनाहरु दर्शाउँदछन् ।

रमाईलो दिनमा मायालुलाई यात्राको क्रममा भेटेको प्रेमीले म्यूजिक भिडियो भरिनै मायालुलाई आफ्नो प्रेमको विश्वाश दिलाउन चाहन्छ । विहान देखि बेलुकासम्मका दृश्यहरु समेटीएको यो म्यूजिक भिडियोमा नेपाली परिवेशको माया र भावहरु देख्न पाईन्छ । शुस्मा र सनुपको यो आवाज र सांगीतीक कोसेलीलाई यूट्यूब अनि विभिन्न सञ्चार माध्यम मार्फत धेरैले रुचाईरहनु भएको छ । साईली पछी एउटा नयाँ अनि मिठो गीत नेपाली दर्शक श्रोता सामु आएको छ , है ।

फूर्सत निकालेर हेर्नुहोस्, लिकं तल छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.