यो साता "white sun" अर्थात "सेतो सूर्य" प्रदर्शनमा आएको छ । केहि दिन अघि मात्रै यो चलचित्र ले २७औ सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा "बेस्ट एसिएन फिचर फिल्म" को उपाधि जितेको थियो । विभिन्न फिल्म फेस्टिभलमा राम्रो तरिफ बटुलिसकेको सेतो सुर्यलार्इ प्रदर्शनमा आएपछि दर्शकले कस्तो प्रतिक्रीया दिन्छन होला त , जानौ यो चलचित्रको समीक्षा मा ।
प्लट
दीपक रौनियारले निर्देशन गरेको यो चलचित्र द्वन्द्वकाल देखि फाटो आएको दाजु र भाइको कथामा आधारित छ । माओवादीमा सक्रिय दयाह्याङ राई र कुनैबेलाका सेना रबिन्द्र सिंह बानिया बीच अनबन छ । जब दुवैका बुवाको मृत्यु हुन्छ , दया गाउ फर्किन्छन र बाकिको चलचित्र कसरी दुर्इ नमिल्ने दाजु भाइले मिलेर बाबुको अन्तिम काज क्रिया सकाउछन् , बुवालाई संस्कार मा चलिआएको चलन अनुसार दागबत्ती दिन लाग्दा के कस्तो समस्या आइपर्छन , चलचित्र मा यहि कथा देख्न पाइन्छ ।
कथा, पटकथा र संवाद
निर्देशक दीपक रौनियारले लेखेको चलचित्र को कथा र पटकथा पृथक सरल र यथार्थपरक छ । चलचित्रको सशक्त पटकथाले कुनै पल नि दर्शकलाई ध्यान भटकाउन दिदैन । बुवाको काजक्रिया सकाउने दवाब त दुवै दाजु र भाइलाई छदैछ , त्यसबाहेक उनीहरुको आशा मग्रान्तिसंगको सम्बन्ध र दुर्इ बाल कलाकारको कथाले चलचित्रमा सुगन्ध भरेको छ । चलचित्रका संवादहरुपनि निक्कै स्वाद्लाग्दा छन् यो चलचित्र मल्टीप्लेक्स दर्शक हरुका लागि मात्र हैन , सिंगल स्क्रीन दर्शक ले पनि यस बाट पूर्ण मनोरंजन पाउन सक्छन ।
अभिनय
दयाह्याङ राईलार्इ दर्शकले विभिन्न थरिको भूमिकामा देखेका छन् त्यहिपनि सेतो सूर्य उनको अहिले सम्मको उत्कृष्ट काम हो । रविन्द्र सिंह बाँनिया भर्खरै को सफल चलचित्र "जात्रा" भन्दा बिल्कुलै फरक भूमिकामा देखिन्छन र यो चलचित्रमा पनि उनले सहजतासँग आफ्नो कामलाई उत्कृष्ट बनाएका छन् । आशा मग्रान्ति र बाकी सबै कलाकारले आफ्नो ठाउँमा अव्वल दर्जा को काम गरेका छन् । चलचित्रमा दुर्इ बाल कलाकार छन् र दुवैले दर्शकको मन जित्छन, यी दुर्इ बालकलाकार स्क्रीनमा आउँदा दर्शक लार्इ हसाउछन् र बेलाबेलामा इमोसनल नि बनाउँछन् ।
निर्देशन र प्राविधिक पक्ष
चलचित्र white sun को प्राबिधिक पक्ष पनि निक्कै अव्वल छ । छायांकन , सम्पादन पर्फेक्ट छ । ब्याकग्राउन्ड म्युजिक नि राम्रो छ ।
निर्देशक दीपक रौनियार को निर्देशन मा यसअघि बनेको "हाइवे"लार्इ दर्शक ले खासै राम्रो प्रतिक्रिया दिएका थिएनन् तर यो चलचित्रले निक्कै लामो समय सम्मको लागी नेपाली दर्शक को मन मा उनले ठाउँ बनाउनेछन् । उनको स्टोरी टेलीन्ग चलचित्र white sun मा सर्वोत्कृष्ट छ , उनको कामलाई फुल मार्क्स ।
समीकरण
समग्रमा नेपालमा निक्कै कम चलचित्रहरु यस्तो बन्छन जसमा दर्शकले गर्व गर्न सक्छन । "सेतो सूर्य" हेरेर दर्शकलाई गर्व महसुस हुन्छ । यो चलचित्र उत्कृष्ट सिनेमाको उदाहरण हो । यो सबै दर्शकले हेर्ने पर्ने खाले चलचित्र हो ।
मनपरेको दृश्य : माओवादी भनेर थाहा पाएपछि सानो बालकले दयाह्याङलार्इ पिटेको
मन नपरेको दृश्य : कुनै पनि छैन
मनपरेका पात्र : दयाह्याङ र दुर्इ बाल कलाकार
मन नपरेको पात्र : कुनै पनि छैन
Liked by: