राहु..ल (दीपकराज गिरी)ले सल्काएको यूट्यूबको झट्काले कथा अनेक अारोह अवरोहसंगै अानन्दकासाथ काठमाण्डाैबाट तरार्इ पुग्छ । बाँकी सिनेमा हलमा तर हाँसोले अँठ्याउने अवस्थाको जिम्मेवारी तपार्इको तर एक्स्यूज मी डाइरेक्टर साब ! एै पारा हो भने 'शत्रुगते' फेरी गर्न न पार्इ !!
८० को दशकमा भारतीय सरकारी टिभी च्यानलबाट लेखक निरज कुमारको धारावाहिक सिरीयल अाउँथ्यो 'मुंगेरीलाल के हसीन सपने' र त्यो शब्द भारतवर्षमा एउटा उखानै बन्न सफल भयो । जुन दिउँसै सपना देख्नेहरूकालागि या खुल्ला अाँखाले सपना देख्नेहरूकालागि प्रयोग गरिन थालियो । मेरो सम्झनामा त्यो धारावाहिक अहिलेको लिपपोत ड्रामादेखि फरक थियो, जसले अाम जनताको जीवनको वास्तविकतालार्इ अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गर्ने गर्थ्यो । हरेक कथापछिको सम्झनामा मुङ्गेरीलाल बसिरहन्थ्यो, अहिलेपनि त्यो पात्र धेरै धेरै कथाहरूकासाथ मसंगै बस्नेगर्छ ।
लाइभ ड्रामामा र सरल सामाग्रीहरूमा रमाउने बानी हो या के हो, कथानक चलचित्रमा त्यत्ति मज्जा लिन अाउँदैन मलार्इ । हिजो बेलूकी ट्रोल नेपालका कुमारजीले अाजैबाट रिलिज भएको 'शत्रुगते'को 'फर्स्ट डे फर्स्ट शो'को निम्तो दिनु भो, हामी पुग्याैं पनि । हरेक सामाग्रीमा मुंगेरीलाल नै त हुन्नन तर मैंले मुंगेरी झै एउटा यादगार सामाग्री हेर्न पाएँ, प्रदिप जी ! सर्वप्रथम धेरै धेरै बधार्इ तपाइँलार्इ । यति धेरै हेभीवेट कलाकार बोकेर पुसअप गरेको भन्दा कम छैन 'शत्रुगते' । हरेक महत्वपूर्ण कलाकारलार्इ मुंगेरीलालको भूमीका प्राप्त भएको छ, उत्तिकै प्राथमिकताका साथ, उत्तिकै ठाउँका साथ ।
म सिनेमा हल त्यति पुग्दिन, श्रीमतिको गालीले पनि जान मन लाग्दैन । कारण के भनेः हल पुगीसकेपछि, उ रमाइलो मानेर फिल्म इन्जोए गरीरहेकी हुन्छे म चैं निदाइरहेको हुन्छु प्रायः । २ वर्षपछि हलमा उनैको जिद्दिले 'पशुपति प्रसाद' हेर्न पुगें त्यो गज्जब थियो, साँच्चि निदाइन, उसले गाली पनि गरीन । यदी म गलत छैन भने नेपालीजनले स्याबास गरेको कम सिनेमाको त्यो लिष्टमा पर्छ ।
केही पछि श्रीमतिको गज्जबको प्रतिक्रिया पाएपनि खै के कारणले हो प्रदिप भट्टरार्इजीको पहिलो ठूलो रङ्गीन पर्दाको सामाग्री 'जात्रा' हलमैं पुगेर हेर्न पाइन, तर रबिन्द्र बानियाँ जीले फेशबुकमा यू-ट्यूबमा 'जात्रा' सार्वजनिक भन्ने स्ट्याटस पोष्टिनु भो, मेरालागि फर्स्ट डे फर्स्ट शो जस्तै भो फूल मज्जा लिएर हेरें 'जात्रा' । यो पनि मेरालागि मुंगेरी झै बन्न पुगो । यहाँ मैंले मुंगेरीलालसंग नेपाली सामाग्रीलार्इ दाँज्न खोजेको हैन है! मैले खर्च गरेको २ घण्टाको समयले मलार्इ बाँधि राख्छ की, अत्याउँछ भन्ने मात्र हो ।
नेपाली जनजीवनको मौलिक कथाहरू दशकौंदेखि पस्किंदै अाइरहनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरीवंश अाचार्य, किरण केसी, बसुन्धरा भुसाल, राजाराम पौडेल, रमेश रंजन झा, दीपक राज गिरी, दीपाश्री निराैला, पल शाह, आँचल शर्मा सहितको जम्बो टोलीले चलचित्र अवधीभर जुन मज्जा दिन्छ त्यो तारीफयोग्य छ ।
तराइमा जति सिनेमा हेरीयो कि त ति सिनेमा घुम्ति सिनेमा हुन्थे अथवा खल्खली पसिना अाउने सिनेमा हल, बिहेवारीमा नाच हेरिन्थ्यो । सिकेको कुरो के भने रमाइलो लागेको ठाउँमा हाँस्नु, चिच्याउनु र कानको जालो च्यातिनेगरी सिटी बजाउनु, अाज त्यस्तै भो, कुमारी हलको अठबजिया शोको धेरै ठाउँमा अाज बकाइदा लामै सिटि बजाइयो । चलचित्रले दर्शक हल्लिन दिनु हुन्न भन्ने कुनै समालोचकको लाइन पढेंथे, तर प्रदिपजीले स्थिर भर्इ हेर्ने लायक छाड्नुभएन । मेरो मात्र हैन अधिकांशको अवस्था त्यस्तै थियो, झण्डै ८-१० मिनेटको लगातारको हाँसोले अप्ठेरो हुन्छ शरीर । निर्माता तथा निर्देशकलार्इ एउटा अनुरोधः चलचित्र त बनाउन पार्इ तर यसरी अर्कालार्इ दुर्इ दुर्इ घण्टा बाँधेर, हँसाएरै मार्न चैं न पार्इ ।
यो हैन की केवल हाँसेछ हाँसेछ । सिनेमामा माया छ, विछोड छ, रूवाउँछ, एक्सन गर्छ तर कथा अनावश्यक कतै अन्त बगेर जाँदैन । राहु..ल (दीपकराज गिरी)ले सल्काएको यूट्यूबको झट्काले कथा अनेक अारोह अवरोहसंगै अानन्दकासाथ काठमाण्डाैबाट तरार्इ पुग्छ । बाँकी सिनेमा हलमा तर हाँसोले अँठ्याउने अवस्थाको सामना गर्ने जिम्मेवारी तपार्इ स्वयमको । एक्स्यूज मी डाइरेक्टर साब ! यै पारा हो भने 'शत्रुगते' फेरी गर्न न पार्इ !!
फेरीपनि नेपाली सिने उद्योगमा यस्ता मुंगेरीलाल झै यादगार कथाहरू अाइरहून, निरन्तर माैलिक सिनेमा बनिरहून । किरण केसी दार्इ लगायत 'शत्रुगते' टोलीलार्इ धेरै धेरै बधार्इ ।
---
सन्तोष देवकोटा
Liked by: