यूवापुस्ताले एकफेर हेर्नेपर्ने चलचित्र
अमेरिका बस्ने तिन मिल्ने साथिको जिन्दगिको यात्रा चलचित्र "सफर" ति तीन साथी को जीवन को उतारचडाब को कथा हो ।युवा पुस्तालाई लक्षित गरिएर बनाईएको यो चलचित्रले अहिले को अवस्थामा बिदेशिएका युवाहरुका लागी कम्पिटिसनको रेस र हसिमजाक मा कटिरहेको जीवनको बीचमा मनको शन्ती कती जरूरी छ भनेर देखाउछ । आशिष श्रेष्ठको निर्देशनमा बनेको चलचित्र सफरले दर्शकहरुलाई कस्तो सफरमा लान्छ र कस्तो सन्देश दिन्छ त हेरौ चलचित्र सफरको समिक्षामा ।
प्लट
तिन साथी मनन साप्कोटा,संजय गुप्ता र शिबिर पोखरेल अमेरिकामा बस्छन र सबैको जीवन साधारण तरिकाले बितिरहेको छ ।तर जब शिबिर पोखरेलले अमेरिका छाडेर नेपाल फर्किने र समाजसेवा गर्ने मन बनाउछन उनका बाकी दुई साथी चकित हुन्छन ।शिबिर नेपाल फर्किन ७ दिन बाकी हुन्छ र उनले फर्किने नै ठानेपछी साथिहरु त्यो बाकी भएको सात दिनलाई जीवनकै आविस्मरणिय समय बनाउनको लागी एउटा रोडट्रीप प्लान गर्छन र चलचित्र सुरु भएको १० मिनेट नपुग्दै उनिहरुको सफर सुरु हुन्छ ।
कस्तो रहन्छ त उनिहरुको हसिमजाक,प्रयान्क र एक-अर्काको लागी प्रोत्साहनले भरिएको त्यो सात दिनको भ्रमण,कसरी टुङिन्छ त्यो यात्रा र कस्तो रहन्छ त्यो यात्राको प्रभाव ति साथिहरुमा,यसको लागी यहाँहरुले चलचित्र सफर हेर्नपर्ने हुन्छ ।
कथा पटकथा र संवाद
चलचित्रको स्क्रीप्ट निर्माता केशव खड्काको हो, तिनजना भिन्न सोचविचार र भिन्न ट्यालेन्ट भएका उन्का तिन प्रतिनिधीपात्रहरुले विदेश वस्ने सम्पूर्ण नेपाली यूवाहरु र उनिहरुको नेपालप्रतिको मनस्थितीलाई समेट्न खोजेको छ, ठाँउठाँउमा ३ साथीको यो कथा पहल्यिै कहीँ हेरिसकेकोजस्तो लागेपनि केशव खड्काको कथामा दम भने पक्कै छ ।
चलचित्रको पटकथाको वारेमा कुरा गर्दा पटकथा पनि उत्तिकै इन्गेजिङ्ग छ, पहिलो हाल्फमा खासै यात्रा देख्न नपाइएपनि सञ्जय गुप्ता र नुरजा श्रेष्ठको रोम – कमले फिल्ममा ग्रीप वनाई राख्छ । चलचित्रको टाइटलले भनेजस्तै दोश्रो हाल्फमा फिल्ममा दर्शकलाई अमेरिकाको रमणीय दृश्यहरुको सफर गराइन्छ । तथापि दोश्रो हाल्फको मध्यतिर फिल्म दर्शकहरुलाई अलि वढि इन्सपाएरगर्न तर्फ लाग्दछ । त्यतिखेरको साथीभाई विचमा हुने उत्प्रेरणदायी सिनहरु अलि वोरिग लाग्न सक्छ तर अन्त्यको दमदार ट्वीस्टले कथालाई अर्को लेभल सम्म पूर्याउछ ।
चलचित्रका संवादहरु सिगंल स्क्रीनका दर्शकहरुकालागी सुपाच्य नहुन सक्छ तर यूवापुस्ता र मल्टिप्लेक्स दर्शककालागी यी संवादहरु निकै भिन्न खाल्का र स्वादीला लाग्न सक्छन् ।
अभिनय
पात्रहरुको कुरा गर्नुपर्दा सञ्जय गुप्ता आफ्नो फल्रटी अन्दाजमा चलचित्रको मुख्य आकर्षण बनेका छनजस्ले खुब हसाँउछन र उन्को र नुरजाविचको सिनहरुपनि निकै रमाइला छन् । मदन सापकोटाको कामपनि राम्रो छ र शिविर पोखरेलले पनि यो चलचित्रमा आफूले निभाएको पात्रको इनोसेन्सलाई मज्जाले ब्यक्त गरेका छन् । नुरजा श्रेष्ठले पनि आफ्नो क्यारेक्टरलाई पूर्ण न्याय दिएकी छिन् । चलचित्रमा यी ४ पात्र बाहेक देखिने सबै सहायक पात्रहरु विदेशी छन् र सहायक कलाकारहरु सबैले चलचित्रका पात्रहरुलाई अब्बल सपोर्ट दिएका छन् ।
प्राविधीक पक्ष
चलचित्रको डिरेक्टर अफ फोटोगा्रफी एन्ड्रीउ वायर्ड र सिनेमेटोग्राफर ज्याकफ वेरार्डी भनिएको छ र यी दुईले मानौ क्यामरासँग चमत्कारनै गरेका छन् । चलचित्र शुरुभएको केहि मिनेटमै यस्तो लाग्छ यो लेभलको क्यामरा वर्क तुलनात्मक रुपमा नेपाली चलचित्र मध्यकै अब्बल दर्जाको छ । राजेन्द्र मोक्तानको कलर करेक्शन र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर नि टप लेभलका छन् । तर निर्देशक आशिष श्रेष्ठको इडिटिग भने फिल्ममा फितलो देखिन्छ । चलचित्रमा इडिटरले गर्नुपर्ने धेरै काम वाँकीनै छ जस्तो लाग्छ ।
सत्य स्वरुप, धर्मेन्द्र सेवान र उज्जवल मेग्नी गुरुङ्गका गीतहरु मध्यमस्तरका छन् ।
निर्देशक
निर्देशक आशिष श्रेष्ठले सफर मार्फत नेपाली दर्शकलाई अमेरिकाको रमणीय लोकेशनहरु, खासगरि लास भेगसका लोकेशनहरुको गतिलो सफर गराएका छन् । उन्को यो प्रयास तारिफयोग्य छ, यो चलचित्र हेर्दा ठाँउ ठाँउमा नेपाली चलचित्रको स्तर वढेको भान हुन्छ, उन्ले निर्देशकको रुपमा चाही चलचित्र सफरलाई भरपुर न्याय दिएका छन् ।
समिकरण
समग्रमा यूवापुस्ताले एकफेर हेर्नेपर्ने चलचित्रको सुचीमा सफरलाई लिनसकिन्छ । तर सिगंल स्क्रीनको दर्शकलाई यो फिल्म हुँदै हैन । यो साता साथीभाइहरुसँग सफर हेरेर मनोरञ्जन यूवावर्गले लिन सक्दछन् ।
हामी यो चलचित्रलाई कूल ५ अकंमध्य ३ अकं प्रदान गर्दछौ ।
----------------
यो समिक्षा मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: